“यसर्थ तिमीले इस्राएलका मानिसहरूलाई अशुद्ध भएको विषयमा सतर्क गराउनु पर्छ। यदि तिमी ती मानिसहरूलाई चेताउनी दिंदैनौ भने तिनीहरूले मेरो पवित्र पाललाई अशुद्ध पार्न सक्छन् तब तिनीहरू मर्नु पर्छ।”
Cross references
पवित्र र अपवित्र र पशुहरूमा मासु खानु हुने र नहुने छुट्याउने नियम यी नै हुन्।”
लुगा चाहे बुने अथवा सिलाएको होस त्यो चाहे ऊनी, सूती अथवा छाला जे सुकैको किन नहोस् ढुसी लागे शुद्ध अशुद्ध भनी निर्णय गर्ने विधिहरू यी नै हुन्।
“तिमीले विश्रामका दिनहरूमा काम नगर। तिमीले मेरो पवित्रस्थानको आदर गर्नुपर्छ। म परमप्रभु हुँ।
म त्यस मानिसको विरोधमा हुनेछु। उसलाई म आफ्ना मानिसहरूबाट छुट्याउनेछु। किन? किनभने उसले आफ्ना नानीहरू मोलेकलाई दिन्छ अनि यसरी मेरो पवित्र नामको सम्मान गरेन अनि मेरो पवित्र स्थानलाई अशुद्ध बनाउँछ।
तर अति पवित्र स्थानमा पर्दाबाट जान सक्तैन अनि वेदीको नजिक पनि जानु सक्तैन। किन? किनभने उसलाई केही खोट लागिको छ र उसले पवित्र स्थानलाई अपवित्र पार्नु हुँदैन। म परमप्रभुले ती स्थानहरू पवित्र पारेको छु।”
म छाउनीमा तिमीहरूको बीचमा छु, यसकारण तिनीहरू चाहे पुरूषहरू अथवा स्त्रीहरू हुन् तिनीहरूलाई छाउनीबाट निकाली देऊ ताकि तिमीहरूले म बस्ने ठाँउलाई अपवित्र बनाउने छैनौ।”
यदि कुनै व्यक्तिले मुर्दा छुन्छ र आफैलाई फेरि शुद्ध पार्दैन, त्यसले परमप्रभुको पवित्र पाललाई अशुद्ध पार्छ। यसकारण व्यक्ति इस्राएलबाट काटिदिनेछ। जस्तो पवित्र पानी तिनीहरू माथि छर्केको थिएन यसकारण उसको शरीर अशुद्ध रहन्छ।
“यदि एक जना मानिस जो अशुद्ध भएकहाँ अनि ऊ आफैं शुद्ध हुँदैन भने त्यस व्यक्तिलाई आफ्नो समुदायबाट बहिष्कार गरियोस् किनभने त्यसले परमप्रभुको पवित्र स्थान अशुद्ध पार्यो। शुद्धीकरणको पानी ऊ माथि छर्किएन यसकारण त्यो व्यक्ति अशुद्ध रह्यो।
“यदि तिमीलाई अत्यन्तै नराम्रो चर्म रोग लागेको छ भने लेवी पूजाहारीहरूले सिकाएको सबै कुराहरू तिमीले धेरै होशियारीसँग पालन गर्नु पर्छ। मैले पूजाहारीहरूलाई बताएका कुराहरू तिमीले अत्यन्तै होशियारीसँग पालन गर्नु पर्छ।
मेरो हृदय शुद्ध थियो, यसैले मेरो स्वामीले मलाई सुन्नुभयो।
परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यरूशलेम, म आफ्नो जीवनको शपथ खाएर भन्दैछु म तँलाई दण्ड दिनेछु। म प्रतिज्ञा गर्दैछु कि म तँलाई दण्ड दिनेछु। किन? किनभने तैंले मेरो पवित्र स्थानको विरूद्धमा भयंकर पाप गरिस्। तैले घृणित काम गरेर मेरो स्थान मैला बनाइ दिइस्। म तँलाई दण्ड दिनेछु। म तँमाथि दया गर्ने छैन्। म तेरो निम्ति दुखको अनुभव गर्ने छैन्।
तिनीहरूले मेरो विश्रामको दिन अनि पवित्र स्थानहरूमा यस्तो काम गरे मानौं त्यसको कुनै महत्व छैन।
परमप्रभुले मलाई भन्नुभयो, “हे मानिसको छोरो, धेरै सावधानीसित हेर। तिम्रो आँखा अनि कानको प्रयोग गर। यी चीजहरू तिर हेर। म तिमीलाई मन्दिरको विषयमा सबै नियम र विधिहरू बताउँछु। सावधानी पूर्वक मन्दिरको प्रवेशद्वार अनि पवित्र स्थानबाट सबै निस्कनेद्वारहरू हेर।
“पूजाहारीहरूले मेरा मानिसहरूलाई पवित्र चीजहरू अनि अपवित्र चीजहरूको अन्तरको विषय शिक्षा दिनु पर्छ। तिनीहरूले मेरा मानिसहरूलाई जुन शुद्ध अनि अशुद्ध छन, त्यसको जानकारी दिनुमा सहायता दिन्छन्।