प्रत्येक कुरा त्यो व्यक्तिले छोए अशुद्ध रहन्छ अनि कुनै व्यक्ति जसले त्यसलाई छुन्छ त्यो साँझ सम्म अशुद्ध रहन्छ।”
Cross references
अथवा कोही मानिस अशुद्ध चीज छुन्छ भने जंगली अथवा पाल्तू पशु अथवा उडने प्राणीको मृत देह छुन्छ, तर कुनै कारणवश त्यो उसले बिर्सन्छ भने त्यस कामको निम्ति ऊ दोषी अनि अशुद्ध बनिन्छ।
“कुनै अशुद्ध कुरोले छोएको मासु खान हुँदैन। त्यसलाई आगोमा जलाउनु पर्छ। अनि अरू शुद्ध मानिस जति छन् तिनीहरूले मेल बलिबाट मासु खान सक्छन्।
परमप्रभुले मोशा र हारूनलाई भन्नु भयो,
यदि कसैले उसको ओछ्यान छुन्छ भने, ऊ पनि अशुद्ध हुन्छ अनि उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।
यदि एकजना मानिस कुनै चीजमाथि बस्छ जसमा स्राव भएको मानिस बसेको थियो, उसले आफ्नो लुगा धुनु पर्छ अनि पानीमा नुहाउनु पर्छ। साँझसम्म ऊ अशुद्ध रहन्छ।
यदि एकजना मानिसले प्रेमह भएको मानिसलाई छुन्छ, उसले आफ्नो लुगा नुहाएपछि धुनु पर्छ अनि ऊ बेलुकीसम्म आफू अशुद्ध रहने छ।
“यदि यस्तो रोगीले कुनै मानिसलाई थुक्यो भने, उसले पानीमा नुहाएर आफ्नो लुगा धोओस् अनि साँझसम्म अशुद्ध रहने छ।
कुनै पनि चीज यदि त्यो रोगी तल रहन्छ अनि उसले छुन्छ भने त्यो अशुद्ध बनिन्छ। जो मानिसले त्यो चीज बोके उसले नुहाएर आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो मानिस अशुद्ध रहनेछ।
“यदि प्रमेह हुने मानिसले कसैलाई हात नधोइ छुन्छ, तब मानिस जो छुइन्छ यो आशुद्ध हुन्छ अनि त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।
कसैले ऊ सुतेको ओछ्यान छोए, त्यसले आफ्नो लुगा धुनुपर्छ, आफूले पनि नुहाउनुपर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।
यदि कुनै मानिसले ऊ बसेको कुनै चीज छोए, उसले आफ्नो लुगा धुनुपर्छ, नुहाउनु पर्छ अनि साँझसम्म अशुद्ध रहनेछ।
कसैले त्यो रजस्वाला स्त्री बसेको कुनै चीज छोए उसले आफ्नो लुगा धोओस र साँझसम्म आफैं पनि अशुद्ध रहनेछ।
मानिससम्म अशुद्ध हुन्छ जसले ती चीजहरू छुन्छ। मानिसले आफ्नो लुगा धुनुपर्छ। अनि पानीमा नुहाएपछि, साँझसम्म अशुद्ध रहन्छ।
त्यसपछि पूजाहारीले आफ्नो लाउने लुगा धोएर नुहाई धुवाई गरी छाउनीमा जानुपर्छ। तर त्यो पूजाहारी साँझसम्म अशुद्ध रहन्छ।
त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?”अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।”
किनभने हृदयबाट यस्ता नराम्रा कुराहरू आउँछन् दुष्ट विचार, हत्या, व्यभिचार, यौन अनैतिकता, चोरी, कसम खाएर ढाँटनु, निन्दा जस्ता कुराहरू निस्कन्छन्।
सबै अशुद्ध कुरा मानिसका भित्रबाटै आउँछ ती पाप, चोरी, हत्या