“पवित्र स्थानमा सेवा गर्दा प्रयोग गरिने वस्तुहरू तिनीहरूले लैजाऊन् र एउटा निलो लुगामाथि नरम छालाको च्यादरले छोपि दिऊन् र तिनीहरूलाई बोकी लैजाने डण्डी माथि राखुन्।
Cross references
त्यो पवित्र पाल र त्यस भित्रका प्रत्येक चीज कस्तो देखिनु पर्छ म तिमीलाई बताउँछु। प्रत्येक चीज मैले तिमीलाई देखाए जस्तै बनाऊ।
पूजाहारी हारूनको निम्ति विशेष पोशाकहरू, हारूनका छोराहरू जब पूजाहारी भई सेवा गर्छन, तिनीहरूको निम्ति विशेष पोशाकहरू।
भेट हुने पालको सबै सर-समानहरूको सुरक्षा तिनीहरूले गर्नेछन् अनि त्यस पालभित्रको दायित्वपूर्ण काम गर्नेछन्।
“तिनीहरूले पवित्र टेबलमाथि निलो रंङ्गको लुगा ओछ्याऊन् अनि त्यसमाथि, रिकावी, धूपौरोहरू, बाटाहरू अनि अर्ध-बलिका कचौराहरू राखून्, अथवा ढुँङ्ग्रा राखिदिऊन्। विषेश रोटी त्यो पवित्र टेबलमा सँधै रहोस्।
“तिनीहरूले निलो लुगाले सामदान, यसको बत्तीहरू, बत्तीका सलेदोहरू, मसीदानी अनि जुन भाँडाहरूबाट तेल बत्तीमा लगाइन्छ ती भाडाहरू सबै ढाकिदिनू।
बाबेलीहरूले भाँडाहरू, बेल्चाहरू, मोसोदानी, धूपदानीभरू, चम्चीहरू, तथा सबै काँसाका थालहरू लगे जो परमप्रभुको मन्दिरमा उपयोग गरिन्थ्यो।
केही द्वारपालकहरूको काम मन्दिरको सेवाहरूमा चलाईने थालहरूको हेरचाह गर्नु थियो। तिनीहरूले यी थालहरू गिन्ति गर्थे जब ति ल्याइन्थे। तिनीहरूले पछि पनि ती थालहरू गिन्ति गर्थे जब ति बाहिर लगिन्थे।
केही द्वारपालकहरूले सजाइने सामग्रीहरू अनि सबै पवित्र थालहरूको हेरचाह गर्नलाई थिए। तिनीहरूले पीठो, दाखरस, तेल, धूप अनि विशेष तेलको हेरचाह गर्दथे।
हूरामले भाँडा, बेल्चा अनि कचौराहरू बनाए। त्यसपछि हूरामले परमेश्वरको मन्दिरमा राजा सुलेमानका निम्ति कार्य समाप्त गरे।
हूरामले भाँडाहरू, बेल्चाहरू, काँटाहरू अनि सबै सामग्रीहरू परमप्रभुको निम्ति राजा सुलेमानलाई बनाइदिए। यी सामग्रीहरू कलाईवाला काँसाद्वारा बनाइएका थिए।
सुलेमानले परमेश्वरको मन्दिरका निम्ति चीज बीजहरू बनाए। सुलेमानले सुनको वेदी बनाए। तिनले टेबलहरू बनाए जहाँ उपस्थितको रोटी राखिन्थ्यो।
सुलेमानले छरितो पार्ने, बाटाहरू, कचौराहरू, तावा चिम्टाहरू अनि धूपदानीहरू बनाउका निम्ति शुद्ध सुनको प्रयोग गरे। सुलेमानले मन्दिरका ढोकाहरू, महा पवित्रस्थानको भित्री ढोकाहरू अनि मुख्य विशाल कक्षका ढोकाहरू निर्माण गर्नका निम्ति शुद्ध सुनको प्रयोग गरे।