Home Bibles ☰ Books गन्ती 4:13 · नेपाली बाइबल
गन्ती 4:13 · नेपाली बाइबल

“काँसको वेदीबाट तिनीहरूले खरानी सफा गरून् र त्यसमाथि बैजनी रंगको लुगाले ढाकुन्।

Cross references

प्रस्थान 27:1

“बबुल काठको एउटा वेदी बनाऊ। त्यो वेदी पाँच हात लामो तथा पाँच हात चौडा र तीन हात उचाइ वर्ग आकारमा बनिनु पर्छ।

प्रस्थान 39:1

पूजाहारीहरूले पवित्र स्थानमा सेवा गर्दा लगाउने विशेष लुगाहरू बनाउदा ती चित्रकारहरूले निलो, बैजनी अनि राता धागोको प्रयोग गरे। परमप्रभुले मोशालाई आज्ञाहरू दिए अनुसार तिनीहरूले हारूनको निम्ति विशेष लुगाहरू बनाए।

प्रस्थान 39:41

त्यस पवित्र क्षेत्रमा सेवा गर्ने पूजाहारीहरूका निम्ति जुन तिनीहरूले बुनेर बनाएका पोशाकहरू थिए ती मोशालाई देखाए। तिनीहरूले हरून उसका छोरीहरूका निम्ति बनाइएका विशेष पोशाकहरू पनि मोशालाई देखाए। ती लुगाहरू तिनीहरूले पूजाहारी भई सेवा गर्दा लाउनु पर्दथ्यो।

लेवी 6:12

आगो वेदीमाथि लगातार बलिरहन दिनु पर्छ। आगोलाई निभ्न दिनु हुँदैन। पूजाहारीले प्रत्येक बिहान वेदीमा दाउरा हाल्नु पर्छ अनि होमबलि त्यसमाथि मिलाएर राख्नु पर्छ। अनि मैत्रीबलिको बोसो वेदीमा निरन्तर जलिरहनु पर्छ।

गन्ती 4:6

तिनीहरूलाई यसमाथि नरम छाला लगाइ देऊ अनि छालालाई नीलो लुगासित छोपी देऊ अनि बोक्ने डण्डालाई यसको ठाउँमा राख्नु पर्छ।

गन्ती 4:11

“तिनीहरूले सुनको वेदीमाथि निलो लुगाले ढाकि दिऊन् र त्यसमाथि नरम छालाको टुक्राले छोपिदिउन् अनि बोकेर ल्याइएका खम्बाहरू ठाउँमा राखुन्।

Interlinear

Choose Theme