Home Bibles 2 इतिहास 4:11 · नेपाली बाइबल
2 इतिहास 4:11 · नेपाली बाइबल

हूरामले भाँडा, बेल्चा अनि कचौराहरू बनाए। त्यसपछि हूरामले परमेश्वरको मन्दिरमा राजा सुलेमानका निम्ति कार्य समाप्त गरे।

Cross references

1 राजा 7:14

हीरामकी आमा नप्ताली कुल समूहको इस्राएली थिईन। उनका मृत पिता सोरका थिए। हीराम काँसाका जिनिसहरू बनाउँथे। तिनी धेरै नै कुशल अनि अनुभवी कारीगर थिए। यसैकारण राजा सुलेमानले आउने निम्तो पठाए अनि हीरामले स्वीकार गरे। यसकारण राजा सुलेमानले हीरामलाई काँसाको कामको प्रमुख बनाए। हीरामले काँसाद्वारा बनिने सबै जिनिसहरू बनाए।

1 राजा 7:40

हीरामले भाँडाहरू, बेल्चा अनि स साना बटुकाहरू बनाए। हीरामले सबै जिनिसहरू राजा सुलेमानले मागे अनुसार बनाए। परमप्रभुकोको मन्दिरका लागि हीरामले बनाएका सामानहरूको स्‌ची यस्तो छः2 खाम्बाहरू खाम्बाहरूको माथि बटुका जस्ता2 मुकुटहरू वरिपरि ढाक्ने2 जालीहरू दुइवटा जालीका लागि400 वटा दारीमहरू। खाम्बाहरूको माथि दुइवटा बटुकाहरूलाई ढाक्ने प्रत्येक जालीका दुइलहर दारीमहरू थिए।प्रत्येक ठेलागाडामा बटुका भएको दशवटाठेलागाडाहरू। तल बाह्रवटा सँाढेहरू माथि ठूलो भाँडो। भाँडाहरू, स-साना बेल्चाहरू, स साना बटुकाहरू अनि सबै भाँडाकुँडाहरू परमप्रभुको मन्दिरकालागि।हीरामले यी सबै सामानहरू राजा सुलेमानले चाहे अनुसार नै बनाए। तिनीहरू सबै पालिस लगाएको काँसाको बनाइएका थिए।

Interlinear

Choose Theme