परमप्रभुले मोशालाई भन्नुभयो, “यो मानिसहरूका सबै नायकहरूलाई बोलाऊ र तिनीहरूलाई परमप्रभु अघि लगेर समान्य जनसाधरणको सामुन्ने झुण्डाई देऊ। त्यस पछि परमप्रभु इस्राएलका मानिसहरूसित रिसाउनु हुनेछैन।”
Cross references
उनले इस्राएलीहरूबाट योग्य मानिसहरू छाने। उनले तिनीहरूलाई अरू मानिसहरूमाझ नायक बनाए। उनले मानिसहरूलाई हजार, एक सय, पचास अनि दसको समूहको शासक बनाए।
“एलाजारको छोरो पूजाहारी हारूनको नाति पीनहासले इस्राएलका मानिसहरूलाई मेरो क्रोधबाट बचायो। उसले यो काम गर्यो किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो। यसकारण क्रोधित हुँदा इस्राएलका मानिसहरूलाई मारे।
जो व्यक्ति मिद्यानी स्त्रीसित मर्यो। त्यो थियो शिमोन कुल परिवारको प्रमुख सालूको छोरो जिम्री।
किनभने छल गरेर झूटा देवता पूज्न लगाई, मिद्यानका मुखियाकी छोरी कोजबी जो पोर घटनाको कारणले इस्राएलीहरूमा महामारीले सताएको वखतमा मारिएकी थिई, यसकारण तिमीहरू तिनीहरूको शत्रु बने।”
“बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुसरण गरेका थिए।
“तिमीहरूका आफ्नै दाज्यू-भाइ, दिदी-बहिनी, छोरा अथवा छोरी, पत्नी संग-सम्बन्धी कसैले गुप्तरूपले तिमीहरूलाई अन्य देवताहरू पूजा गर्न राजी गराउलान्। तिनीहरू भन्न सक्छन्, ‘जाँऊ हामी अन्य देवताहरूलाई पूजा गरौं।’ यी देवताहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले जानेका थिएनन्।
ती देवताहरू ती मानिसहरूका हुन् जो तिमीहरूको नजिक अथवा टाढा बसेका हुन्छन् तिनीहरू तिमीहरू कै वरिपरि अरू जग्गामा बसेका हुन्छन्।
तब इस्राएलका मानिसहरूले थाह पाउँनेछन् र त्यस्तो दुष्टतापूर्वक काम कहिल्यै गर्ने छैनन्।
केही नराम्रा मानिसहरू आफ्नै जाति भित्रका शहरबासीहरूलाई नराम्रो काम गर्न फकाउँदैछन्। तिनीहरू आफ्नै शहरका मानिसहरूलाई भन्न सक्छन्, ‘हामी अरू देवताहरूको सेवामा जाऊँ।’ (ती देवताहरू तिमीहरूले कहिले पनि नदेखेका नजानेका हुन सक्छन्)।
ती शहरहरूका मानिसहरूलाई तिमीहरूले तरवारले काटेर मार्नुपर्छ। तिनीहरू सबैलाई नष्ट पार्नुपर्छ र शहर पनि सम्पूर्णरूपले ध्वंश पार्नु पर्छ।
त्यस शहरमा भएको प्रत्येक चीज परमेश्वरलाई ध्वंश पार्न दिनु पर्छ जसले गर्दा त्यहाँ तिमीहरूको निम्ति केही पनि नहोस्। यदि तिमीहरूले यो आज्ञा पालन गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाउन छोड्नु हुन्छ, उहाँ तिमीहरू प्रति दयालु हुनुहुन्छ, उहाँ तिमीहरू प्रति दुःखी हुनुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिए अनुसार तिमीहरूलाई विशाल समुदाय बनिनमा सहयोग गर्नु हुनेछ।
“कुनै एकजना मानिस पापको दोषी हुन सएछ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सएछन्।
त्यो लाश तिमीहरूले रातभरि रूखमा झुण्ड्याउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाडनु पर्छ। किन? किनभने त्यो मानिस जसलाई रूखमा झुण्डाइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।
तब यहोशूले भने, “तैंलेहामीमाथि धेरै कष्ट दिइस्, तर अब परमप्रभुले तँमाथि कष्ट ल्याउनु हुनेछ।” त्यसपछि सबै मानिसहरूले आकान अनि त्यसका परिवारमाथि तिनीहरू नमरूञ्जेल उनीहरूले ढुङ्गा वर्षाए तब मानिसहरूले तिनीहरूलाई जलाइ दिए।
याद गर पोरमा के भएको थियो? त्यस पापको कारणले हामी अझ दुःख भोगिरहे छौं। त्यो महापापको कारणले परमेश्वरले इस्राएलका धेरै जस्तो मानिसहरूलाई साह्रै विरामी तुल्याउनु भयो। त्यो महामारीको कारणले आज पनि हामी दुःख भोगी रहेका छौं।
यस बेला यहोशूले समस्त बूढा अगुवाहरू, कुल नायकहरू, न्यायकर्ताहरू, अनि इस्राएली मानिसहरूका अधिकारीहरूको सभा राखे। यहोशूले भने, “म अत्यन्त बृद्ध भएको छु।
दया गरि शाऊलका सातै छोराहरू हामीलाई दिनुहोस्। शाऊल परमप्रभुले छान्नु भएको राजा थिए। यसैले हामी उसका छोराहरूलाई शाऊलको गिबा पर्वतमा परमप्रभुको अगाडि झुण्ड्याउँछौं।”राजा दाऊदले भने, “ठीक छ, म तिनीहरू तिमीलाई सुम्पिदिनेछु।”
दाऊदले यी सातैजनालाई गिबोनीहरूलाई दिए। गिबोनीहरूले ती सातैजनालाई गिबा पर्वतमा परमप्रभुको अघि फाँसी दिए। ती सातैजना सँगै मरे। जौंको फसल काट्नुभन्दा एक दिन अघि उनीहरूलाई मारियो।
तब हर्बोना, राजाको समक्ष सेवा गर्ने एक जना नपुंसकले भने, “राजालाई सावधान गराउनेमानिस मोर्दकैको निम्ति हामानले बनाएको 75 फीट अग्लो फाँसी हामानको छत्मा खडा छ।”राजाले भने, “त्यसलाई त्यो फाँसीमा भुण्डयाऊ।”
हे परमप्रभु, क्रोधीत हुनदेखि रोकिनु होस्, पागल नबन्नु होस्।
त्यसपछि हुनसक्छ, परमेश्वरले आफ्नो मन परिवर्तन गर्नु हुनेछ। अनि जुन योजना गर्नु भयो त्यो नगर्न पनि सकनु हुन्छ। परमेश्वर क्रोधित हुन रोकिनु होला र हामीहरु ध्वंश नहौंला।