Home Bibles भजनसंग्रह 85:3 · नेपाली बाइबल
भजनसंग्रह 85:3 · नेपाली बाइबल

हे परमप्रभु, क्रोधीत हुनदेखि रोकिनु होस्, पागल नबन्नु होस्।

Cross references

प्रस्थान 32:11

तर मोशाले परमप्रभु उसका परमेश्वरलाई शान्त गराए अनि भने, “हे परमप्रभु तपाईंका आफ्नै मानिसहरूसित चाँडै क्रोधित नहुनुहोस्। तपाईंले यी मानिसहरूलाई मिश्रबाट तपाईंका विशाल अद्भुत शक्ति र बल प्रयोग गरेर बाहिर ल्याउनु भयो।

प्रस्थान 32:22

हारूनले उत्तर दिए, “हजूर, क्रोधित नहुनु होस्। तपाईंलाई थाहा छ यी मानिसहरू सँधै केही गल्ती गर्न तैयार नै रहन्छन्।

व्यवस्था 13:17

त्यस शहरमा भएको प्रत्येक चीज परमेश्वरलाई ध्वंश पार्न दिनु पर्छ जसले गर्दा त्यहाँ तिमीहरूको निम्ति केही पनि नहोस्। यदि तिमीहरूले यो आज्ञा पालन गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाउन छोड्नु हुन्छ, उहाँ तिमीहरू प्रति दयालु हुनुहुन्छ, उहाँ तिमीहरू प्रति दुःखी हुनुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिए अनुसार तिमीहरूलाई विशाल समुदाय बनिनमा सहयोग गर्नु हुनेछ।

व्यवस्था 32:43

सारा संसार मानिसहरूका परमेश्वरको निम्ति खुशी हुनुपर्छ। किन? किनभने उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ, उहाँले मानिसहरूलाई दण्ड दिनु हुनेछ जसले आफ्ना सेवकहरूलाई मार्छन्। उहाँले शत्रुहरूको अपराध अनुसार दण्ड दिनुहुन्छ। अनि उहाँले आफ्नो भूमि र मानिसहरूलाई शुद्ध बनाउनु हुनेछ।”

2 इतिहास 6:39

जब यसो हुन्छ स्वर्गबाट सुनि दिनुहोस्। स्वर्ग तपाईंको बास स्थान हो। तिनीहरूको प्रार्थना स्वीकार गरि दिनुहोस् जब तिनीहरू सहायताका निम्ति याचना गर्छन्। अनि तिनीहरूलाई सहायता गरिदिनुहोस्। तपाईंका मानिसहरूलाई क्षमा गरि दिनुहोस्। जसले तपाईंको विरूद्ध पाप गरेका छन्।

भजनसंग्रह 78:38

तर परमेश्वर दयालु हुनुहुन्थ्यो। उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो। अनि तिनीहरूलाई विनाश गर्नु भएन। धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो, उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।

भजनसंग्रह 106:23

परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो। तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके। परमेश्वर अत्यन्त रिसाउनु भयो, तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्नुको निम्ति मोशाले बाटोहरू बन्द गरिदिए। यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।

यशैया 6:7

सराफ स्वर्गदूतले तातो कोइलाले मेरो ओठहरू छोए। तब उनले भने, “हेर, यस तातो कोइलाले तिम्रो ओठहरू छोएपछि तिमीले जो गरेका थियो ती सबै हराए। अब तिमी पाप मुक्त भयौ।”

यशैया 12:1

त्यस बेला, तिमीहरू भन्नेछौः “हे परमप्रभु म तपाईंको महिमा गाउँछु! तपाईं मसित रिसाउनु भएको थियो। तर अहिले तपाईंको रिस साम्य भएकोछ अनि मलाई आफ्नो माया देखाउनु भएकोछ।”

यशैया 40:1

तिमीहरूका परमेश्वरले भन्नुहुन्छ “मेरा मानिसहरूलाई सान्त्वना, सान्त्वना देऊ।

यशैया 40:2

यरूशलेमसित नम्र भएर बोल। यरूशलेमलाई भन, “तिमीहरूको सेवाको अवधि सकिएको छ। तिमीहरूले आफ्नो पापको प्रायश्चित गरिसकेका छौ।” परमप्रभुले यरूशलेमलाई उसले गरेको एउटा पापकोलागि दुइपल्ट दण्ड दिनु भएकोछ।

यशैया 54:7

परमेश्वर भन्नुहुन्छ, “मैले तँलाई केही क्षणको निम्ति त्यागेको थिएँ। तिमीहरूलाई फेरि भेला गर्नेछु अनि धेरै दया दर्शाउनेछु।

यर्मिया 50:20

परमप्रभु भन्नुहुन्छ, “त्यस बेला, तिनीहरूले इस्राएलको अधर्म खोज्ने प्रयास गर्नेछन् तर तिनीहरूले कुनै पाप पाउने छैन किनभने जसलाई मैले बचाँए तिनीहरूको पाप क्षमा गरेकोछु।”

इजकिएल 16:63

तिमीले गरेका ती सबै नराम्रा कर्महरूको निम्ति मैले क्षमा दिएँ। अब तिमीले त्यो सम्झना गर्ने छौ अनि लज्जित हुनेछौ। तिमीले केही पनि भन्न सक्ने छैनौ।” परमप्रभु मेरो मालिकले ती सबै कुराहरू भन्नुभयो।

योना 3:9

त्यसपछि हुनसक्छ, परमेश्वरले आफ्नो मन परिवर्तन गर्नु हुनेछ। अनि जुन योजना गर्नु भयो त्यो नगर्न पनि सकनु हुन्छ। परमेश्वर क्रोधित हुन रोकिनु होला र हामीहरु ध्वंश नहौंला।

मीका 7:19

हे परमप्रभु! हाम्रा पापहरु टाढा फ्याँकि दिनुहोस्, फेरि हामीलाई सुख चैन दिनुहोस्, हाम्रा पापहरु तपाईंले टाढा गहीरो समुद्रमा फ्याँकि दिनुहुनेछ।

यूहन्ना 1:29

अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।

Interlinear

Choose Theme