Home Bibles व्यवस्था 13:11 · नेपाली बाइबल
व्यवस्था 13:11 · नेपाली बाइबल

तब इस्राएलका मानिसहरूले थाह पाउँनेछन् र त्यस्तो दुष्टतापूर्वक काम कहिल्यै गर्ने छैनन्।

Cross references

प्रस्थान 13:3

मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर। तिमीहरू मिश्रमा कमारा-कमारीहरू थियौ। तर आजको दिन परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरी तिमीहरूलाई स्वतन्त्र पार्नुभयो। तिमीहरूले खमीर मिसाएको रोटी खानै हुँदैन।

लेवी 20:2

“तिमीले इस्राएलीहरूलाई यी कुराहरू भन्नुपर्छ इस्राएलीहरू मध्ये कोही पनि होस् देशी अथवा विदेशी, तिनीहरू मध्ये कसैले आफ्ना नानीहरूबाट एक जनालाई मिथ्या देवता मोलेकलाई दिन्छ भने उसलाई मार्नैपर्छ। यस देशका मानिसहरूले उसलाई ढुङ्गले हिर्काएर मार्नुपर्छ।

गन्ती 25:4

परमप्रभुले मोशालाई भन्नुभयो, “यो मानिसहरूका सबै नायकहरूलाई बोलाऊ र तिनीहरूलाई परमप्रभु अघि लगेर समान्य जनसाधरणको सामुन्ने झुण्डाई देऊ। त्यस पछि परमप्रभु इस्राएलका मानिसहरूसित रिसाउनु हुनेछैन।”

व्यवस्था 17:13

यस्तो सजाय सबै मानिसहरूले थाहा पाउने छन् डर मान्ने छन् र त्यसपछि तिनीहरूले अझै हठ गर्ने छैनन्।

व्यवस्था 19:20

अरू मानिसहरूले पनि त्यस मानिसले पनि त्यस मानिसले गरेको दुष्कर्मको प्रतिफल थाहा पाउँछन् र फेरि त्यस्तो दुष्कर्म गर्ने साहस गर्दैनन्।

यहोशू 7:25

तब यहोशूले भने, “तैंलेहामीमाथि धेरै कष्ट दिइस्, तर अब परमप्रभुले तँमाथि कष्ट ल्याउनु हुनेछ।” त्यसपछि सबै मानिसहरूले आकान अनि त्यसका परिवारमाथि तिनीहरू नमरूञ्जेल उनीहरूले ढुङ्गा वर्षाए तब मानिसहरूले तिनीहरूलाई जलाइ दिए।

हितोपदेश 19:25

मूर्खलाई सजाय देऊ ताकि अनुभव नभएकाहरू विवेकशील होउन्।

हितोपदेश 21:11

दुष्ट मानिसहरूले सजाय पाउँदा सरल मानिसहरूले ज्ञान पाउँछन्। जब बुद्धिमानी मानिसहरूलाई अनुशाशित बनाइन्छ तिनीहरू अझैं ज्ञानी हुन्छन्।

1 तिमोथी 5:20

जब तिनीहरू पाप गर्छन्, मानिसहरूलाई भन कि तिनीहरू गलत छन्। यो कुरा सम्पूर्ण मण्डलीको समक्ष गर। तब अरूहरूले पनि चेतावनी पाउनेछन्।

Interlinear

Choose Theme