त्यो लाश तिमीहरूले रातभरि रूखमा झुण्ड्याउनु हुँदैन, त्यस लाशलाई त्यही दिन गाडनु पर्छ। किन? किनभने त्यो मानिस जसलाई रूखमा झुण्डाइन्छ परमेश्वरले सराप दिनु भएको छ। परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमिलाई तिमीहरूले नष्ट पार्नु हुँदैन।
Cross references
तिनीहरूले आफ्नो भूमिलाई त्यसरी अशुद्ध बनाएको कारण अहिले त्यो भूमिले आफ्ना मानिसहरूलाई उच्छेद गरिरहेछ।
परमप्रभुले मोशालाई भन्नुभयो, “यो मानिसहरूका सबै नायकहरूलाई बोलाऊ र तिनीहरूलाई परमप्रभु अघि लगेर समान्य जनसाधरणको सामुन्ने झुण्डाई देऊ। त्यस पछि परमप्रभु इस्राएलका मानिसहरूसित रिसाउनु हुनेछैन।”
“निर्दोष व्यक्तिहरूको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरू कुनै त्यस्तो पथ छैन कि हत्यालाई मुक्त पार्ने।
म परमप्रभु हुँ। म सधें इस्राएली मानिसहरूको साथमा तिनीहरूको भूमिमा रहनेछु। म त्यँही हुनेछु, यसर्थ त्यस भूमिलाई निर्दोष मानिसहरूको रगतले दोषित नबनाऊ।”सलोफादकी छोरीहरूको देश
“तिमीहरूको निम्ति परमप्रभु मसित रिसाउनु भयो। त्यो असल भूमि जहाँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई राख्नु हुँदैछ त्यहाँ मलाई यर्दन नदीपारि जान नदिने कठोर प्रतिज्ञा गर्नु भयो।
तिमीहरूले ती मूर्तिहरू ध्वंश पार्नु पर्छ, ती मूर्तिहरू आफ्नो घरमा ल्याउनु हुँदैन। तिमीहरूले मूर्तिहरूलाई घृणा गर्नुपर्छ।
यसकारण संसारबाट नै अमालेकीहरूको नाउँ ध्वंश पार्नु पर्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुने भूमिमा प्रवेश गरे पछि यो काम गर्नेछौ। त्यस भूमिमा उहाँले तिमीहरूलाई सबै प्रकारका शत्रुहरूबाट विश्राम दिनु हुनेछ, तर अमालेकीहरूलाई ध्वंश पार्न र्नबिस।
यसकारण इस्राएलका सेनाहरू युद्ध भूमि देखि भागे। तिनीहरूले त्यसो गरे किनभने तिनीहरूले नराम्रो काम गरेका थिए। तिनीहरूलाई नष्ट गरिदिनु पर्छ। जबसम्म मैले आज्ञा दिएका ती चीजहरू तिमीहरूले ध्वंश पार्देनौ म तिमीहरूको सहायताको लागि साथमा रहँदिन।
यहोशूले ऐका राजालाई एक रूखमा झुण्ड्याए। तिनले उसलाई साँझसम्म त्यतिकै झुण्ड्याइ राखे। सूर्यास्तको समयमा यहोशूले आफ्ना मानिसहरूलाई ऐका राजाको मृत-शरीरलाई रूखबाट झार्नु भने। तिनीहरूले त्यसको मृत-शरीरलाई शहर-द्वारमा खसाइ दिए। त्यसपछि तिनीहरूले मृत- शरीरलाई ढुङ्गाले ढाकि दिए। त्यो ढुङ्गाको थुप्रो आज सम्म त्यहाँ छ।आशिर्वाद एवं अभिशापहरूको पठन
त्यसपछि यहोशूले ती पाँच राजाहरूलाई मारे। तिनीहरूको शरीरलाई तिनले पाँचवटा रूखमा झुण्ड्याइ दिए। यहोशूले साँझ नभएसम्म तिनीहरूलाई रूखमै झुण्डियाएर राखे।
सूर्यास्तको समयमा यहोशूले उसका मानिसहरूलाई रूखहरूबाट मृत शरीरहरू तल झार्ने आदेश दिए। तिनीहरूले मृत शरीरहरू त्यही गुफामा फ्याँकि दिए जहाँ स्वंय राजाहरू लुकेका थिए अनि गुफालाई ठूला ढुङ्गाहरूले छोपेका थिए। ती ढुङ्गाहरू आजसम्म त्यहीं छन्।
दया गरि शाऊलका सातै छोराहरू हामीलाई दिनुहोस्। शाऊल परमप्रभुले छान्नु भएको राजा थिए। यसैले हामी उसका छोराहरूलाई शाऊलको गिबा पर्वतमा परमप्रभुको अगाडि झुण्ड्याउँछौं।”राजा दाऊदले भने, “ठीक छ, म तिनीहरू तिमीलाई सुम्पिदिनेछु।”
दूत येहूकहाँ आयो अनि उनलाई भन्यो, “तिनीहरूले राजाका छोराहरूका टाउकाहरू ल्याए।”तब येहूले भने, “टाउकाहरू शहरको प्रवेशद्वारमा बिहानसम्म दुई थुप्रो बनाएर राख।”
यो दिन तयारीको दिन थियो अर्को दिन विशेष विश्रामको दिन थियो। यहूदीहरूले विश्रामको दिन त्यो मृत शरीर क्रूसमा झुण्डायाई राख्न चाहेनन्। तब तिनीहरूले पिलातसलाई ती मानिसहरूको खुट्टा भाँच्नुका निम्ति आदेश मागे ताकि तिनीहरू छिटो मर्न सकुन्। अनि तिनीहरूको मृत शरीर क्रूसबाट तल झार्न सकियोस्।
तिनीहरू मेरा दाज्यु-भाइ दिदी-बहिनीहरू हुन्, पृथ्वीमा मेरा सन्तानहरू हुन्। यदि यसले तिनीहरूलाई सहायता गर्न सक्थे भने म ख्रीष्टबाट श्राप पाउन र उहाँसित छुट्टिनें पनि इच्छा गर्थें।
जसले परमेश्वरलाई प्रेम गर्दैन, उ श्रापित होस्। आउनु होस्, हे प्रभु!
ख्रीष्टमा पाप थिएन। तर परमेश्वरले उहाँलाई पापी बनाउनु भयो। परमेश्वरले यो हाम्रो लागि गर्नुभयो ताकि हामीहरू ख्रीष्टमा परमेश्वरसित धार्मिक रहन सकौं।
व्यवस्थाले हामीमा श्राप ल्यायो तर ख्रीष्टले त्यो श्राप हामीबाट हटाइदिनु भयो। हाम्रो ठाउँ उहाँले लिनुभयो र आफैले त्यो श्राप थाप्नुभयो। शास्त्रमा यो लेखिएकोछ, “जब कसैको शरीर रूखमाथि झुण्डयाइन्छ त्यो श्रापित हो।