Home Bibles 1 शमूएल 6:7 · नेपाली बाइबल
1 शमूएल 6:7 · नेपाली बाइबल

“तिमीहरूले एउटा गाडा बनाउनु पर्छ र कहिले खेत नजोतेका दुइवटा दुहुना गाई बन्दोबस्त गर्नुपर्छ। ती दुइवटा गाईलाई गाडा तान्ने गरी नारेर त्यसका बाछाहरूलाई भने गोठभित्र थुनिदिनुपर्छ। त्यसो गर्दा बाछाले माऊलाई पछ्याउँन पाउँदैनन्।

Cross references

गन्ती 19:2

“परमप्रभुले दिनु भएको आज्ञाहरूबाट बनिएको नियम यही हो। इस्राएलका मानिसहरूलाई भन कि तिनीहरूले एउटा एकदमै निष्खोट र कहीं दाग नभएको कहिले पनि नजोतिएको रातो गाई ल्याऊन। अनि त्यो गाईले कहिल्यै हलो नजोतेको हुनुपर्छ।

2 शमूएल 6:3

पहाडमाथि भएको पवित्र सन्दूकलाई अमीनादाबको घरबाट निकाले। तब तिनीहरूले परमेश्वरको भनिएको पवित्र सन्दूकलाई नयाँ गाडीमाथि राखे। उज्जा र अहीयो नामका अबीनादाबका छोराहरूले उक्त गाडा हाँके।

1 इतिहास 13:7

मानिसहरूले अबीनादाबको घरबाट करारको सन्दूक सारे। तिनीहरूले सन्दूकलाई नयाँ रथमा राखे। उज्जाह अनि अहियोले रथ हाँक्दै लगे।

Interlinear

Choose Theme