तिमीहरूले त्यो गाई एलाजारलाई दिनुपर्छ र उसले त्यस गाईलाई छाउनी बाहिर ल्याउँछ। यो उसको अघि मारिनु पर्छ।
Cross references
अनि रहल सबै पालबाहिर खरानी थुपार्ने एउटा चोखो ठाउँमा ल्याउन पर्छ अनि दाउराको आगोमाथि त्यहाँ जलाउनु पर्छ।
पूजाहारीले साँढेलाई पालको बाहिर ल्याउँनुपर्छ अनि यसलाई जलाउनुपर्छ जस्तो उसले पहिलो साँढेलाई गरेको थियो। सम्पूर्ण समुदायकालागि पापबलि हुनेछ।
“यदि एक जना मानिसलाई हानिकारक चर्मरोग लाग्छ, उसले आफ्नो लुगाहरू च्यात्नु पर्छ अनि शिरको केश छरपस्ट राख्नु पर्छ अनि उसले आफ्नो माथिको ओठ छोपेर ‘अशुद्ध! अशुद्ध’ भन्दै कराउनु पर्छ।
“पवित्र चीजहरू शुद्ध पार्न महा पवित्रस्थानमा ल्याइएका पापबलिको साँढे र बोकोलाई पाल बाहिर ल्याउनु पर्छ। पूजाहारीले तिनीहरूको छाला, शरीर र गोबर आगोमा जलाउनेछन्।
“मानिसलाई ल्याऊ जसले शिविरबाहिर सराप्यो। ती जसले उसको सराप सुने तिनीहरूलाई पनि बोलाऊ अनि ती तिनीहरूले आफ्ना हात उसको टाउकोमा राख्नु पर्छ। तब इस्राएलको सम्पूर्ण समुदायले उसमाथि मरूञ्जेसम्म ढुङ्गाले हिर्काउनु पर्छ।
नादाब र अबीहू परमप्रभुको सेवामा रहेको समय मै अपवित्र आगो द्वारा बलिचढाएको पापले सीनै मरूभूमिमा मरे। तिनीहरूको कुनै छोरो थिएन, यसकारण एलाजार र ईतामारले पूजाहारीका स्थान लिएर परमप्रभुको सेवामा लागे। तिनीहरूका बाबु हारूनको जीवन कालमा नै यस्तो घटना घट्यो।
“इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिकधर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ।
यसकारण ती मानिसहरूले उसलाई छाउनी बाहिर ल्याए अनि ढुङ्गाले हिर्काएर मारे। परमप्रभुले मोशालाई आज्ञा दिनुभए अनुसार तिनीहरूले गरे।
पापको निम्ति अर्पणको रूपमा प्रधान पूजाहारीले पशुको रगत महा पवित्र स्थानमा लान्छन्। तर पशुहरूका मासु चाँहि शिविर बाहिर पोल्छन्।