“इस्राएलका मानिसहरूलाई भन, तिनीहरूले बाह्र पुर्खाका कुल-कुलबाट बाह्रवटा लौरोहरू ल्याऊन्। प्रत्येक लौरामा आफ्नो नाम लेख।
Cross references
यहूदाको परिवारबाट राजाहरू हुनेछन्। राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन जबसम्म एकजना वास्तविक राजा आउनु हुँदैन।तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।
तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो तिम्रो हातमा भएको के हो?”मोशाले उत्तर दिए, “यो मेरो हिंड्ने लहुरो हो।”
यसर्थ अब तिमी जाऊ। तिमीसित तिम्रो हिड्ने लहुरो लैजाऊ अनि मैले बताएको संकेतहरू मानिसहरूलाई देखाऊ अनि बुझाऊ म तिमीसंगै छु।”
यो तेल भेट हुने पाल अनि करारको सन्दूकमाथि छर्क।
रूबेनको कुलबाट शदेऊरका छोरा एलीसूर
“यहूदा शिविर दलहरूले पूर्वतिर घाम झुल्कने पट्टि आफ्नो झण्डाको मुन्तिर शिविर हालुन। यहूदा दलका मानिसहरूको अगुवा अम्मीनादाबका छोरा नहशोन हो।
जब मोशाले पवित्र पाल खडा गरी सके उसले यसलाई अभिषेक द्वारा परमप्रभुमा समर्पण गरे अनि पवित्र पाल, यसको वस्तुहरू, वेदी अनि यससित भएका सबै कुराहरू बनाए।
यहूदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए।
पूजाहारीहरूलाई संग्रहको तिनीहरूको भाग दिइन्थ्यो। यो काम परिवारहरूद्वारा परिवारिक इतिसहासमा लेखिएका तरीकाले गरिन्थ्यो। बीस वर्ष अनि त्यस भन्दा अधिक उमेरका लेवीहरूलाई संग्रहका तिनीहरूका अंश दिइन्थ्यो। यो काम तिनीहरूको जिम्मावारी अनि समूह अनुसार गरिन्थ्यो।
परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुेनेछ। तिम्रो राज्य सियोनमा शुरूहुनेछ अनि यो त्यति बेलासम्म बढदै जानेछ जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ!
दुष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन। यदि त्यस्तो भयो भने, असल मानिसहरूले पनि अनुचित कामहरू गर्न थाल्दछन्।
विशाल हाँगामा आगो फैलियो, आगोले त्यसको हाँगाहरू र फलहरू भस्म पारयो। यसकारण, कुनै हाँगाको शक्तिशाली लौरो रहेन। कुनै राजाको राजदण्ड थिएन।’यो मृत्युको बारेमा दुखको गीत थियो अनि यो मृत्युको बारेमा दुखको गीतको रूपमा गाइयो।”
तरवार ज्यान लिनको निम्ति धारिलो बनाइएको छ। बिजुली जस्तै चम्काउनलाई यसमा सान लगाएर टल्काइएको छ। “‘मेरो छोरा, तिमी त्यो लौरो देखि टाढो भाग्यौ जसले तिमीलाई दण्ड दिन्थ्यो। तिमीले त्यो काठको लौरोबाट दण्डित हुन अस्वीकार गर्यौ।
किन? किनकि यो परीक्षा मात्र होइन तिमीले काठको लौरोद्वारा दण्डदायी हुन अस्वीकार गर्यौ यसकारण त्यसको अतिरिक्त तिमीलाई दण्ड दिनको निम्ति म के प्रयोग गरूँ? हो, तरवार नै।” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।