Home Bibles ☰ Books इजकिएल 37:16 · नेपाली बाइबल
इजकिएल 37:16 · नेपाली बाइबल

“हे मानिसको छोरा! एउटा लौरो ल्याऊ अनि त्यसमा यो वचन लेख ‘यो लौरो यहूदा अनि त्यसको मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’ त्यसपछि अर्को लौरो ल्याऊ अनि त्यसमा, ‘एप्रैमको यो लौरो, यूसुफ अनि त्यस मित्र इस्राएलको मानिसहरूका निम्ति हो।’

Cross references

गन्ती 17:2

“इस्राएलका मानिसहरूलाई भन, तिनीहरूले बाह्र पुर्खाका कुल-कुलबाट बाह्रवटा लौरोहरू ल्याऊन्। प्रत्येक लौरामा आफ्नो नाम लेख।

1 राजा 12:16

इस्राएलका सबै मानिसहरूले नयाँ राजाले उनीहरूको बिन्ती सुन्न अस्वीकार गरेको बुझे। यसकारण नै मानिसहरूले राजालाई भनेः “के हामी दाऊदको परिवारको हिस्सा हौं? होइनौ! के हामी यिशैको भूमिबाट केही पाउँछौं? पाउँदैनौं। यसकारण इस्राएली हो, हामी आफ्नो घर जाऔं। दाऊदका छोराले आफ्ना मानिस माथि शासन गरून्!” यसकारण इस्राएलका मानिसहरू घर फर्किए।

1 राजा 12:19

यसकारण इस्राएलका मानिसहरू दाऊद परिवारको विरोधमा विद्रोह गर्यो अनि तिनीहरू आज पनि दाऊदको परिवारको विरोधमा छन्।

2 इतिहास 10:17

तर इस्राएलमा केही यस्ता मानिसहरू थिए, जो यहूदाका शहरहरूमा बस्थे। अनि रहबाम ती मानिसहरूका राजा थिए।

2 इतिहास 10:19

त्यस समयदेखि अहिलेसम्म इस्राएल दाऊदका परिवारको विरूद्धमा छन्।

2 इतिहास 11:11

जब रहबामले ती शहरहरूलाई सुदृढ तुल्याए तब तिनले त्यसमा सेनापतिहरू राखे। तिनले ती शहरहरूमा भोजन, तेल र दाखरसको आफ्ूर्तिको व्यवस्था पनि गरिदिए।

2 इतिहास 11:12

रहबामले हरेक शहरमा ढाल र भालाहरू पनि राखे र शहरहरूलाई अत्यन्त मजबूत तुल्याए। रहबामले यहूदा अनि बिन्यामीनका मानिसहरू अनि शहरहरू आफ्ना अधिकारमा राखे।

2 इतिहास 15:9

त्यस पछि आसाले यहूदा अनि बिन्यामीनका सबै मानिसहरूलाई एकत्रित गरे। तिनले एप्रैम, मनश्शे अनि शिमोनका कुल समूहका मानिसहरूलाई पनि, जो यहूदा देशमा बस्नका निम्ति इस्राएल देशबाट आएका थिए भेला गरे। धेरै संख्यामा ती मानिसहरू यहूदामा आए किनभने तिनीहरूले देखे कि परमप्रभु, आसाका परमेश्वर आसाका साथ हुनुहुन्थ्यो।

2 इतिहास 30:11

तर, आशेर, मनश्शे अनि जबूलूनका केही मानिसहरूले स्वयंलाई विनम्र तुल्याए अनि यरूशलेम तिर गए।

Interlinear

Choose Theme