तरवार ज्यान लिनको निम्ति धारिलो बनाइएको छ। बिजुली जस्तै चम्काउनलाई यसमा सान लगाएर टल्काइएको छ। “‘मेरो छोरा, तिमी त्यो लौरो देखि टाढो भाग्यौ जसले तिमीलाई दण्ड दिन्थ्यो। तिमीले त्यो काठको लौरोबाट दण्डित हुन अस्वीकार गर्यौ।
Cross references
म उसको पिता हुनेछु र उ मेरो छोरा हुनेछ। जब उसले पाप गर्दा, म अरू मानिसहरूद्वारा उसलाई दण्ड दिनेछु। तिनीहरू मेरो यन्त्रहरू हुने छन्।
समाचार वाहकहरू राजाको आदेश लिएर हतारिएर गए। आदेश शूशनको जिल्ल महलमा घोषणा गरिएको थियो। राजा र हामान मद पिउन बसे तर शूशन शहरमा हलचल भयो।
अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु। परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ, तिमी मेरा पुत्र भयौ।
त्यसले मलाई यसो भनी पुकार्नेछ, ‘तपाईं मेरा पिता हुनुहुन्छ, मेरा परमेश्वर र मेरो उद्धारको चट्टान हुनुहुन्छ।’
तर तपाईंले आफ्ना अभिषिक्तलाई त्याग्नुभएको छ, र तुच्छ ठान्नुभएको छ, र तिनीसँग तपाईं रिसाउनुभएको छ।
मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ। जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।
कराउने र रूने एउटा समय हुन्छ अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ र नाच्ने र गाउने एउटा समय हुन्छ।
तिमीहरू मातेर संगीतमय सामग्रीहरू जस्तै विणा, ढोलक, खैजडी, सारङ्गी, बाँसुरी र मद्य लिएर उत्सव मनाउँछौ। अनि परमप्रभुले गर्नु भएका कुराहरू तिमीहरू वास्ता गर्दैनौ। परमप्रभुका हातले धेरै भन्दा धेरै चीजहरू बनाउनु भयो तर तिमीहरूले त्यतापट्टि ध्यान दिएनौ। यसकारण यो तिमीहरूकालागि अशुभ हुनेछ।
यसैले, मेरो मालिक, सेनाहरूका परमप्रभुले मानिसहरू रून र आफ्ना मृत साथीहरूमाथि दुखी बन भनेर भन्नु हुनेछ। मानिसहरूले आफ्ना कपालहरू खौरिनेछन् र शोकपूर्ण पोषाकहरू लगाउनेछन्।
परमप्रभु भन्नुहुन्छ, “यस्तो घट्ने नै छ जब मेरो तरवार आकाशमा रगतले लत्पत् हुन्छ।”हेर! परमप्रभुको तरवारले एदोमलाई काटनेछन् परमप्रभुले ती मानिसहरूलाई अपराधी ठहराउनु भएकोछ। अनि तिनीहरू मर्नु नै पर्छ।
आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउञ्जेल परमप्रभुको रीस थामिने छैन। आउने दिनहरूमा तिमीहरूले त्यो छलर्ङ्ग बुझ्नेछौ।
घोडाहरू तैयार पार सिपाहीहरू आफ्नो घोडाहरूमाथि चढे युद्धभूमिमा जाऊ। लडाइँको टोपहरू लगाऊ। भालाहरू तीखो पार झिलम लगाऊ।
त्यसपछि उसले एउटा ठूलो हाँगा उत्पन्न गर्यो, त्यो हाँगा टेक्ने लौरो जस्तो थियो। त्यो हाँगा राजाको राजदण्ड जस्तो थियो। बोट अग्लो अनि अग्लो हुँदै गयो। यसको धेरै हाँगाहरू थिए अनि त्यसले बादलहरू छुन थाल्यो।