तिनीहरूले आज्ञा पालन गर्न अस्वीकार गरे, अनि तपाईंले तिनीहरूमाझ गर्नुभएको चमत्कार तिनीहरूले सम्झेनन्। तिनीहरू घमण्डी भए अनि मिश्र देशमा दासत्वमा फर्किजानलाई एक अगुवा नियुक्त गरे। तपाईं क्षमाशील परमेश्वर हुनुहुन्छ, दयालु अनि कृपालु र धीरजी प्रेमपूर्ण हुनुहुन्छ। यसकारण तपाईंले तिनीहरूलाई त्याग्नु भएन,
Cross references
परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मैले देखे यी मानिसहरू एकदमै अट्टेरी छन्।
परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु।
तिनीहरूले साँच्चै नै पाप गरेका हुन्। तर यदि मेरो सहायता खोजे म तिनीहरूलाई अस्वीकार गर्ने छैन। तिनीहरूलाई पुरै नष्ट पार्ने छैन, तिनीहरू शत्रुको देशमा बसेका भए पनि तिनीहरूले भनेको कुरा सुन्नेछु कारण म आफ्नो करार विर्सने छैन। किन? किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।
किन परमप्रभुले हामीलाई लडाईमा तरवारले काटी मार्न त्यस भूमिमा लैजानु हुँदैछ? हाम्रा जहान बालबच्चाहरू पनि लूटिने समान झैं लूटमा पक्रा पर्नेछन्। हामीलाई मिश्र देशमा फर्किनु नै असल हुन्छ।”
तिनीहरूले एक अर्कामा भने, “एकजना अगुवा चुनौ र मिश्रदेश फर्कौ।”
परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिले सम्म मसित घृणीत व्यवहार गर्छन्? यिनीहरूको माझमा मैले यी सबै महान चिन्हहरू देखाई सकेको छु र अब कहिले सम्म तिनीहरूले मलाई अविश्वास गर्छन्?
तपाईंले भन्नुभयो, ‘परमप्रभु ढिलो क्रोधित हुनुहुन्छ, परमप्रभु करूणामय हुनुहुन्छ। कानुन् अमान्य गरी जो दोषी बनिन्छ त्यस्ताहरूलाई परमप्रभुले क्षमा दिनुहुन्छ। तर जो दोषी छन् तिनीहरूलाई परमप्रभुले सदैव दण्ड दिनुहुन्छ। परमप्रभुले यस्ता मानिसहरूलाई, तिनीहरूका छोरा-छोरीहरूलाई, तिनीहरूका नाती-नातिनी तथा पनाती पनातिनीहरू सम्मलाई तिनीहरूले गरेको खराब कार्यको निम्ति दण्ड दिनुहुन्छ।’
तर मोशाले भने, “परमप्रभुको आज्ञा किन पालन गरिरहेका छैनौ? तिमीहरू सफल हुँदैनौ।
हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह र दूध बगिरहेको भूमिमा लगेनौ साथै परमेश्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनौं।”
तर परमप्रभुले आफ्ना मानिसहरूलाई छोडनु हुँदैन। परमप्रभु तिनीहरूलाई आफ्नो मानिस बनाएर प्रसन्न हुनुहुन्थयो। यसर्थ उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई त्याग्नु हुनेछैन।
अनि तैंले बनाएको यस मन्दिरमा इस्राएलका नानीहरूको बीचमा बस्नेछु। म इस्राएलका मानिसहरूलाई कहिले पनि छोडने छैन।”
म प्रार्थनागर्छु, परमेश्वर सँधै हामीसँग हुनुहुनेछ जसरी उहाँ हाम्रा पुर्खाहरूसँग हुनुहुन्थ्यो। म प्रार्थनागर्छु, परमप्रभुले कहिलेपनि हामीलाई छोडनुहुनेछैन।
सिदकियाह राजा नबूकदनेसरको विरूद्ध गए। अतीतकालमा नबूकदनेसरले सिदकियालाई नबूकदनेसर प्रती विश्वासी रहनु भनी प्रतिज्ञा गर्न वाध्य तुल्याएका थिए। सिदकियाहले परमेश्वरको नाउँ लिए अनि नबूकदनेसर प्रति विश्वासी रहने प्रतिज्ञा गरे। तर सिदकियाह ढीट थिए अनि तिनले आफ्नो जीवन बद्लने एवं फर्केर आउने इस्राएलका परमप्रभु परमेश्वरको आज्ञा पालन गर्ने कुरा अस्वीकार गरे।
किनभने हामी दासहरू हौ तर हाम्रा परमेश्वरले हामीलाई हाम्रो दासत्वबाट छाडनु भएको छैन। हामीलाई नया जिवन दिनु भएर हाम्रा परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्न अनि त्यसको जीर्णोद्वार गर्नका निम्ति यहूदा एवं यरूशलेममा हामीलाई संरक्षणशील पर्खालदिनु भएर फारसका राजा समक्ष उहाँले हामीलाई प्रेम, भक्तिभाव र दया दर्शाउनु भएको छ।
तर, तपाईंको महा-कृपाले गर्दा तिनीहरूलाई तपाईंले पूर्णरूपले ध्वंश गर्नुभएन, अनि तपाईंले तिनीहरूलाई त्याग्नुभएन, किनकि तपाईं अनुग्रहमय र दयालु परमेश्वर हुनुहुन्छ।
तिनीहरूले परमेश्वरसँग गरेको करार पालन गरेनन्। तिनीहरूले उहाँका उपदेशहरू अस्वीकार गरे।
एप्रैमबाट आएका मानिसहरूले परमेश्वरले गर्नु भएको महान् कार्यहरू भूले। तिनीहरूले परमेश्वरले प्रदर्शन गर्नु भएको ती अचम्म लाग्दा कार्यहरू बिर्से।
तर परमेश्वर दयालु हुनुहुन्थ्यो। उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो। अनि तिनीहरूलाई विनाश गर्नु भएन। धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो, उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।
ती मानिसहरूले परमेश्वरको शक्तिलाई बिर्से। तिनीहरूलाई उहाँले शत्रुहरूबाट बचाउँनु भएको कुराहरू बिर्से।
हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ। तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ। तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
परमप्रभु अनुग्रही र करूणामय हुनुहुन्छ। परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ।
हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यकामहरूबाट मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिकेनन्। त्यहाँ लाल समुद्र द्वारा, हाम्रा पुर्खाहरू तपाईंका विरूद्ध उपस्थित भए।
तर हाम्रा पिता-पुर्खाहरूले तुरून्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्से। तिनीहरूले परमेश्वरको सल्लाहलाई ध्यान दिएनन्।
तर ती मानिसहरूले केना भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए। तिनीहरूले त्यस ठाउँमा भएका मानिसहरूलाई परास्त पार्न परमेश्वरले सहायता गर्नुहुन्छ भनी भरोसा गरेनन्।
परमेश्वरले आफ्ना मानिसहरूलाई धेरै पल्ट बचाइदिनु भयो। तर तिनीहरू उहाँकै विरूद्ध उठे अनि आफ्ना इच्छा अनुसार काम गरे। तिनीहरूले धेरै भन्दा धेरै अनुचित कामहरू गरे।
परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्, त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।
परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ। परमप्रभु धीरजी र मायालु हुनुहुन्छ।
मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ
दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाडनु पर्छ। तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।
तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरा सुन्दै सुनेनन्। तिनीहरू अत्यन्त हठी थिए अनि आफ्ना पिताहरूले भन्दा नीच भन्दा नीच कामहरू गरे।
तर मेरा मानिसहरूले मलाई बिर्सिए। तिनीहरूले अन्य देवताहरूलाई बलिहरू चढाए। तिनीहरू पूरानो पथबाट पल्टिए। अहिले तिनीहरू राम्रा सडकहरू छाडेर किनाराका पथहरू पछ्याउँछन्।
“तर हे परमप्रभु तपाईं दयालु हुनुहुन्छ। तिनीहरूले गरेको नराम्रो कार्यहरूका निम्ति तपाईंले मानिसहरूलाई क्षमा दिनुहुन्छ। अनि हामी तपाईंको विरूद्ध बागी भएकाछौं।
लुगा होइन, तिमीहरु को हृदय फटएर”परमप्रभु तिमीहरुका परमेश्वरकहाँ फर्केर आऊ। उहाँ दयालु अनि करूणामय हुनुहुन्छ। उहाँ चाँडै रिसाउनु हुन्न। उहाँ को प्रेम महान छ, दण्ड दिने बिषयमा उहाँले जो निर्णय लिनु भएको छ त्यो उहाँले परिवर्तन गर्न सकनु हुछ।
तपाईं जस्तो परमेश्वर अरु छैनन्। तपाईंले पापीहरुलाई क्षमा गरिदिनुहुन्छ। तपाईंले आफ्नो बाँचेका मानिसहरुका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न किनकि तपाईं सधैं दया गर्न रूचाउनु हुन्छ।
तिमीहरूले किन अझै नबुझेको? पाँचवटा रोटी जो पाँच हजार मानिसहरूलाई खुवाइए पछि तिमीहरूले कतिवटा टोकरी बटुल्यौ तिमीहरूलाई याद भएन?
“तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहेनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे।
परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछ। अनि जसलाई सहानुभूति दर्शाउनु चाहन्छु उलाई सहानुभूति दर्शाउछु।”
उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो।
होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ?