Home Bibles ☰ Books भजनसंग्रह 78:10 · नेपाली बाइबल
भजनसंग्रह 78:10 · नेपाली बाइबल

तिनीहरूले परमेश्वरसँग गरेको करार पालन गरेनन्। तिनीहरूले उहाँका उपदेशहरू अस्वीकार गरे।

Cross references

प्रस्थान 16:28

तब परमप्रभुले मोशालाई भन्नु भयो, “कहिलेसम्म तिम्रा मानिसहरूले मेरो आज्ञाहरू र उपदेशहरू अस्वीकार गर्छन्?”

व्यवस्था 31:16

परमप्रभुले मोशालाई भन्नुभयो, “तिमी चाँडै मर्नेछौ। अनि तिमी आफ्नो पिता-पुर्खाहरूकहाँ गएपछि यी मानिसहरू मप्रति चाँडै अविश्वासी हुनेछन् र तिनीहरूले प्रवेश गर्दै गरेको भूमिका झूटा देवताहरूलाई पूज्नेछन्। तिनीहरूसित मैले गरेको करार मान्ने छैनन्।

व्यवस्था 31:20

जब म तिनीहरूलाई मैले दिन्छु भनी तिनीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गरेको अनि दूध र मह बगिरहेको भूमिमा ल्याउँछु अनि जति सएदो खाएर मोटाए पछि मलाई बिर्सेर अन्य देवताको सेवा तथा पूजा गर्छन्।

न्यायकर्ता 2:10

त्यसपछि त्यो सम्पूर्ण पुस्ताको मृत्यु भयो, अर्को पुस्ता बढेर आयो। यो नयाँ पुस्ताले परमप्रभुको विषयमा अनि परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएको कुराहरू जान्दैनथ्यो।

2 राजा 17:14

तर मानिसहरूले सुनेनन्। तिनीहरू आफ्ना पुर्खाहरू जस्तै ढीठ थिए। तिनका पुर्खाहरूले आफ्नो परमेश्वरमाथि विश्वास गरेनन्

2 राजा 17:15

मानिसहरूले परमप्रभुको नियम र पुर्खाहरूसंग भएको उहाँको करार मान्न स्वीकारेनन्। तिनीहरू परमप्रभुको चेताउनी सुन्न तयार भएनन्। तिनीहरूले देवमूर्तिहरूको पूजा गरे जो कामै नलाग्ने थिए अनि तिनीहरू आफै पनि काम नलाग्ने भए। तिनीहरू आफ्ना वरिपरि भएका राष्ट्रहरूका मानिसहरू जस्तै जीवन यापन गर्न थाले। तिनीहरूले त्यस्तै खराब कामहरू गरे। अनि परमप्रभुले इस्राएलका मानिसहरूलाई चेताउनी दिनुभएको थियो। परमप्रभुले तिनीहरूलाई त्यस्ता खराब कामहरू नगर्नु भन्नुभएको थियो।

नहेम्याह 9:17

तिनीहरूले आज्ञा पालन गर्न अस्वीकार गरे, अनि तपाईंले तिनीहरूमाझ गर्नुभएको चमत्कार तिनीहरूले सम्झेनन्। तिनीहरू घमण्डी भए अनि मिश्र देशमा दासत्वमा फर्किजानलाई एक अगुवा नियुक्त गरे। तपाईं क्षमाशील परमेश्वर हुनुहुन्छ, दयालु अनि कृपालु र धीरजी प्रेमपूर्ण हुनुहुन्छ। यसकारण तपाईंले तिनीहरूलाई त्याग्नु भएन,

नहेम्याह 9:26

तर तिनीहरू अनाज्ञाकारी भएर तपाईंको विरूद्ध विद्रोह गरे अनि तपाईंको व्यवस्था आफ्ना पिठ तिर फ्याँके। तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईं कहाँ फर्काई ल्याउका निम्ति तिनीहरूलाई चेतावनी दिएका थिए। तिनीहरूले तपाईंको विरूद्धमा डरलाग्दा कामहरू गरे।

यर्मिया 31:32

यो उनीहरूका पिता-पुर्खाहरूसँग मैले गरेको करार जस्तो हुनेछैन। मैले त्यसबेला त्यो करार गरेको थिएँ जब मैले तिनीहरूलाई तिनीहरूको हात समातेर मिश्रबाट निकाली ल्याएको थिएँ। म तिनीहरूका मालिक थिएँ तापनि तिनीहरूले मेरो करार भंग गरेका थिए।” यो सन्देश परमप्रभुको थियो।

इजकिएल 20:21

“‘तर ती नानीहरू मेरो विरूद्ध भए। तिनीहरूले मेरा व्यवस्थाहरू पालन गरेनन्। तिनीहरूले मेरो आदेशहरू मानेनन्। तिनीहरूले त्यो काम गरेनन् जुन मैले भनें, त्यो राम्रो नियम थियो। यदि कसैले उहाँको नियम पालन गर्छ त्यो जीवित रहन्छ। तिनीहरूले मेरो विश्रामको विशेष दिनहरूमा यस्तो काम गरे मानौ तिनीहरूले त्यसको महत्व राख्दैन्। यसकारण मैले तिनीहरूलाई मरूभूमि पूर्ण रूपमा नष्ट गर्ने निश्चय गरें जसबाट तिनीहरूले मेरो क्रोधको पुरै शक्ति अनुभव गर्न सकुन्।

Interlinear

Choose Theme