Home Bibles गन्ती 14:41 · नेपाली बाइबल
गन्ती 14:41 · नेपाली बाइबल

तर मोशाले भने, “परमप्रभुको आज्ञा किन पालन गरिरहेका छैनौ? तिमीहरू सफल हुँदैनौ।

Cross references

गन्ती 14:25

अमालेकीहरू र कनानीहरू त्यही बेंसीमा बसिरहेका छन्। यसर्थ भोलि तिमीहरूले यो ठाउँ छाड्नु नै पर्छ र लाल समुद्र को बाटो भएर तिमीहरू त्यो मरूभूमिमा फर्की जाऊ।”

1 शमूएल 15:19

तपाईंले परमप्रभुको कुरा सुन्नु भएन। किन? तपाईंले ती चीजहरू राख्न चाहनुहुन्छ। तपाईंको यो परमप्रभुको इच्छा विरूद्ध कार्य भयो।”

2 इतिहास 24:20

परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।”‘

अय्यूब 4:9

परमेश्वरको सरापले ती मानिसहरूलाई मार्दछ। परमेश्वरको क्रोधको रापले तिनीहरू नाश हुँदछन्।

यर्मिया 2:37

यसर्थ यो सत्य हो कि तिमीले मिश्र पनि त्याग्ने छौ। अनि तिमी लज्जाले आफ्ना अनुहार लुकाउनेछौ। तिमीले भरोसा राखेका देशहरूलाई परमेश्वरले इन्कार गर्न भएको छ, यसर्थ तिम्रो जीवनमा उन्नतिको लागि तिनीहरूले तिमीलाई सहयोग गर्न सक्तैनन्।

यर्मिया 32:5

बाबेलका राजाले सिदकियाहलाई बाबेलमा लैजानेछ। जहाँ मैले कार्वाही नगरूञ्जेल सम्म उ रहेनछ। यहूदाका सैन्यले बाबेलका सैन्यसित लडाइँ गर्नेछन् तर तिनीहरू सफल हुँदैनन्।”‘ यो परमप्रभुबाट आएको सन्देश हो।

Interlinear

Choose Theme