परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरूले कहिले सम्म मसित घृणीत व्यवहार गर्छन्? यिनीहरूको माझमा मैले यी सबै महान चिन्हहरू देखाई सकेको छु र अब कहिले सम्म तिनीहरूले मलाई अविश्वास गर्छन्?
Cross references
यसर्थ मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले उसलाई भने, “परमप्रभु, हिब्रूहरूका परमेश्वर भन्नुहुन्छ, ‘तिमी कहिलेसम्म मलाई अस्वीकार गर्छौ? मेरो मानिसहरू मेरो आराधना गर्न जाऊन्।
तब परमप्रभुले मोशालाई भन्नु भयो, “कहिलेसम्म तिम्रा मानिसहरूले मेरो आज्ञाहरू र उपदेशहरू अस्वीकार गर्छन्?”
त्यस स्वर्गदूतले भनेको मान र उसलाई पछ्याऊ। त्यसको विरोध नगर। त्यस स्वर्गदूतले तिमीहरूले गरेको कुनै प्रकारको भूल काम क्षमा गर्ने छैन। मेरो शक्ति उससंग छ।
यी सब मानिसहरूले मैले तिनीहरूको पुर्खाहरूसित दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्।
“मेरो विरूद्धमा यी दुष्ट मानिसहरूले कहिले सम्म नालिश गरिरहने। इस्राएलका मानिसहरूले मेरो विरूद्धमा लगाएको नालिश मैले सुनेको छु।
“तर अझ पनि तिमीहरू परमप्रभु आफ्नो परमेश्वरलाई विश्वास गर्दैनौ।
“नबिर्स तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई मरूभूमिमा रीस उठाएका थियौ। मिश्र देश छोडेको दिनदेखि यहाँ आईपुगुञ्जेलसम्म तिमीहरूले परमप्रभुको आज्ञा पालन गर्न अस्वीकार गरेका छौ।
“तिमीहरूले परमप्रभुलाई तबेरा, मस्सा अनि किब्रोथ हत्तावामा पनि क्रोधित बनायौ।
किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्। तिनीहरूले परमेश्वरले नै बचाउनु हुन्छ भन्ने कुरामा विश्वास गर्दै गरेनन्।
तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे! परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्।
घरि-घरि ती मानिसहरूले परमेश्वरको संयम कति छ भनेर जाँच गरिरहे। तिनीहरूले वास्तवमा इस्राएल का पवित्रलाई दुःख दिए।
परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले जंङ्गलमा हुँदा मरीबामा गरे झै अनि मरूभूमिमा गरेको मस्सामा झैं जिद्दी नगर।
तर ती मानिसहरूले केना भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए। तिनीहरूले त्यस ठाउँमा भएका मानिसहरूलाई परास्त पार्न परमेश्वरले सहायता गर्नुहुन्छ भनी भरोसा गरेनन्।
“अनुभवहीन मानिसहरू। आफ्नो सरलतालाई तिमी गिल्ला गर्नेहरू, कहीले सम्म गिल्ला गरी आनन्द लिइरहने छौ। हे मुर्खहरू हो! तिमीहरूले कहिले सम्म बुद्धिलाई घृणा गरिरहने छौ।
हे यरूशलेमका मानिसहरू! आफ्नो हृदयबाट पापहरू धोई पखाल ताकि तिमीहरू बाच्नेछौ कहिल्ये सम्म आफ्नो दुष्ट्रयाँइसित अड्किरहनेछौ।
ए सामारिया, मैले तिम्रो बाछा मिल्काइ दिएँ! ‘मेरो रीस तिनीहरूको विरूद्धमा दन्केको छ!’ तिनीहरू कहिलेसम्म अशुद्ध रहनेछन्?
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाले मलाई क्रोधित पारे। यसकारण मैले उनीहरूलाई नष्टगर्ने निर्णय लिएँ। मैले आफ्नो बिचार बद्ली गर्नें निश्चय गरें।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
येशूले जवाफ दिनूभयो, “तिमीहरूमा विश्वास छैन। तिमीहरूको जीवननै भ्रष्ट छ। तिमीहरूसंग म कहीलेसम्म बस्न सकुँला? तिमीहरूसंग कहिलेसम्म म धैर्य गरिबस्नु? त्यस केटोलाई यता ल्याऊ।”
येशूले उत्तर दिनुभयो, “तिमीहरूले विश्वास नै गर्दैनौ। तब कतिबेर म तिमीहरूसंग बस्नसक्छु? त्यो ठिटोलाई मकहाँ ल्याओ।”
तर यदी मैले मेरा पिताका कामहरू गरें भने तिमीहरूले मलाई विश्वास गर्नु पर्छ। यदि तिमीहरूले मलाई विश्वास गरेनौ भने, म जे गर्छु मेरो काममा विश्वास गर। तब तिमीहरूले थाहा पाउनेछौ अनि बुझ्नेछौ कि म परमेश्वरमा छु औ परमेश्वर ममा हुनुहुन्छ।”
यशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्।
मैले ती मानिसहरू माझ जस्तो कुराहरू गरे अन्य कुनै मानिसले कहिल्यै गरेन। यदि मैले त्यस्तो कुराहरू नगरेको भए, तिनीहरू पापको-दोषी हुने नै थिएनन्। तर मैले जे-जे गरें ती सबै तिनीहरूले देखी सकेका छन्। तथापि तिनीहरूले मलाई र मेरा पितालाई घृणा गर्छन्।
अतितमा जस्तै तिमीहरू हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरयौ। त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।
ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए।
अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्।