Home Bibles नहेम्याह 3:5 · नेपाली बाइबल
नहेम्याह 3:5 · नेपाली बाइबल

तिनीहरूको छेउमा तकोका मानिसहरूले मर्मत गरे तर तिनीहरूका अग्रजहरूले राज्यपालहरूका निम्ती काम गर्न अस्वीकार गरे।

Cross references

न्यायकर्ता 5:23

परमप्रभुका स्वर्गदूतले भन्नुभयो, “मेरोज शहरलाई श्राप देऊ, यसका मानिसहरूलाई श्राप देऊ। परमप्रभुलाई सघाउन तिनीहरू सेनासित आएनन्।”

2 शमूएल 14:2

यसैले योआबले टुकोमाबाट एउटी ज्ञानी महिलालाई लिन भनेर दूतहरू पठाए। योआबले त्यस ज्ञानी महिलालाई भने, “दया गरी साह्रै शोकित अवस्थाको बहना गर। पहिरण पनि त्यस्तै लगाऊ। चिटिक्क पर्ने काम छैन। धेरै दिनदेखि आफन्त मरेर रोइरहेकी स्त्री झै अभिनय गर।

2 इतिहास 11:6

तिनले बेतलेहेम, एताम, तको,

नहेम्याह 3:27

उनी पछि तेकोईका मानिसहरूले बाहिर निस्केको ठूलो बुर्जादेखि लिएर ओपेलको पर्खालसम्म मर्मत गरे।

यर्मिया 5:4

तर मैले परमप्रभुलाई भनें, “यिनीहरू गरीबहरू मात्र छन्। तिनीहरू मूर्ख छन्। तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन् अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।

यर्मिया 6:1

हे बिन्यामिनी हो! आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।

यर्मिया 27:2

परमप्रभुले भन्नुभयो, “यर्मिया, यी फीता र डण्डहरूबाट एउटा जुवा बनाऊ र तिम्रो काँधमा लगाऊ।

यर्मिया 27:8

“‘तर अहिले केही जातिहरू यस्ता हुनेछन् कि तिनीहरू बाबेलका राजा नबूकदनेस्सरलाई सेवा गर्न अस्वीकार गर्नेछन्। यदि कुनै जातिले आफ्नो घिच्रोमा जुवा राख्न अस्वीकार गरे म त्यसलाई तरवार, अनिकाल र डरलाग्दो बीमारहरू मार्फत सजाय दिनेछु,”‘ यो परमप्रभुबाट आएको सन्देश हो। “‘जब सम्म त्यो जातिलाई उसको पक्षबाट ध्वंश पार्दिन तब सम्म म यसो गर्नेछु।

यर्मिया 27:12

“‘मैले सिदकियाह यहूदाका राजालाई भनें, “सिदकियाह तिमीले बाबेलका राजाको जुवा तिम्रो घिच्रोमा राख्नै पर्छ, यदि तिमीले बाबेलका राजा र उसको मानिसहरूका अस्वीकार गर्यौ भने तिमी बाँच्नेछौ।

यर्मिया 30:8

“त्यस बेला,” सेनाहरूका परमप्रभुबाट आएको यो सन्देश हो “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। विदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन।

आमोस 1:1

आमोसको वचन! आमोस तको देशको एकजना भेडा गोठालो थिए। यहुदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामाभुइँचालोको दुइ र्बष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए।

मत्ती 11:29

मेरो कामकुरो ग्रहण गर अनि मबाट सिक, म विनयी र विनम्र-हृदयको छु। अनि तिमीहरूले आफ्नो आत्मामा विश्राम पाउनेछो।

प्रेरित 15:10

तिमीहरू किन गैर-यहूदी दाज्यू-भाइहरूरको घिच्रोमा जुवा वाँधिदिनु चाहन्छौ? के तिमीहरू परमेश्वरलाई क्रोधित बनाउन प्रयास गरिरहेका छौ? हामी र हाम्रा पुर्खाहरू त्यो जुवा बोक्न असमर्थ थियौं!

1 कोरिन्थी 1:26

भाइ बहिनीहरू, परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी हौला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहौला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ।

1 तिमोथी 6:17

यो आदेश तिनीहरूलाई देऊ जो यो पृथ्वीका चीजहरूद्वारा धनी भएकाछन्। तिनीहरूलाई घमण्डी नहुनु भन। तिनीहरूलाई आफ्नो आशालाई सम्पत्तिमाथि नराख्नु भन, किनभने सम्पत्ति अनिश्चित बस्दछ। त्यसको साटो तिनीहरूले आफ्नो आशा परमेश्वरमाथि राख्नु पर्छ जसले हामीलाई हरेक कुरो पर्याप्त प्रदान गर्नु हुन्छ।

Interlinear

Choose Theme