“‘तर अहिले केही जातिहरू यस्ता हुनेछन् कि तिनीहरू बाबेलका राजा नबूकदनेस्सरलाई सेवा गर्न अस्वीकार गर्नेछन्। यदि कुनै जातिले आफ्नो घिच्रोमा जुवा राख्न अस्वीकार गरे म त्यसलाई तरवार, अनिकाल र डरलाग्दो बीमारहरू मार्फत सजाय दिनेछु,”‘ यो परमप्रभुबाट आएको सन्देश हो। “‘जब सम्म त्यो जातिलाई उसको पक्षबाट ध्वंश पार्दिन तब सम्म म यसो गर्नेछु।
Cross references
म तरवार, अनिकाल अनि रूढी तिनीहरूका निम्ति पठाउनेछु। जब सम्म तिनीहरू निमटन्न हुँदैनन् तिनीहरू र तिनीहरूका पिता-पुर्खालाई मैले दिएको देशमा तरवार, अनिकाल र देशान पठाउनेछु। त्यस पछि मेलै तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जग्गामा तिनीहरू रहने छैनन्।”
यसकारण म उत्तरका सबै कुलहरूका मानसिहरूलाई र मेरो दास बाबेलका राजा नबूकदनेस्सरलाई ल्याउनेछु, र तिनीहरूलाई यो देश र यसका बासिन्दा र यसका चारैतिरका सबै जातिहरूको विरूद्धमा ल्याउनेछु। म ती सारा देशहरूलाई बिलकुलै ध्वंस गर्नेछु। म ती भूमिहरू सदालाई सूखा मरूभूमि जस्तो बनाई दिने छु अनि तिनीहरूलाई डरलाग्दो गाली र एक स्थायी अपमानको पात्रमा परिणत गर्नेछु।”
“ती मानिसहरूले तिम्रो हातबाट कचौरा लिन अस्वीकार गर्छन। तिनीहरूले यसलाई पिउन अस्वीकार गर्छन। तर तिमीले तिनीहरूलाई भन्नेछौ, ‘सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ तिमीहरूले अवश्य नै यो कचौराबाट पिउनेछौ।
तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्यौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन।
अहीकामका छोरो गदल्याहले ती सिपाहीहरूले सुरक्षित अनुभव गरून भनी तिनीहरूसित शपथ लिएका थिए गदल्याहले यही नै भने “यही ठाउँमा बस अनि बाबेलका राजालाई सेवा गर र यो तिमीहरूका निम्ति भलो हुनेछ।
‘यदि तिमीहरू साँचै यस देशमा बसथ्यौ भने, म तिमीहरूलाई बलियो बनाउँछु। म तिमीहरूलाई नष्ट गर्ने छैन। म तिमीहरूलाई जोगाउनेछु अनि तिमीहरूलाई उखाल्ने छैन कारण तिमीहरूका निम्ति मैले गरेको नराम्रो काममा म दुखित छु।
डरलाग्दा घटनाहरू यरूशलेम र यहूदामा भयो किनभने परमप्रभु तिनीहरूसित रिसाउनु भएको थियो। अन्तमा, परमप्रभुले आफ्नो दृष्टिबाट यरूशलेम र यहूदाका मानिसहरूलाई फ्याँकिदिनु भयो।सिदकियाहले बाबेलको राजा विरूद्ध विद्रोह गरे।
त्यसपछि परमप्रभु मेरो मालिकले भन्नुभयो, “यसैकारण सोच यरूशलेमका निम्ति यो कति नराम्रो हुन्छ, म त्यस शहरको विरूद्ध यी चारैवटा दण्ड पठाइदिन्छु! म शत्रुका सेना, अनिकाल, महामारी, अनि जङ्गली जनावरहरू त्यस शहरको विरूद्ध पठाउँछु। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु।
परमप्रभु मेरो मालिकले यो प्रतिज्ञा गर्नुभयो “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म यहूदाको राजालाई दण्ड दिन्छु। किन? किनकि उसले मेरो चेताउनीहरूको उपेक्षा गर्यो। उसले हाम्रो करार भङ्ग गर्यो।