Home Bibles नहेम्याह 3:4 · नेपाली बाइबल
नहेम्याह 3:4 · नेपाली बाइबल

तिनीहरूको छेउमा अर्को हक्कोसका छोरा उरियाहका छोरा मरेमोतले पर्खालको अर्को अंशको मर्मत गरे।तिनीहरूको छेउमा अर्को मशेजेबेलका छोरा बेरेक्याहका छोरा मशुल्लामले मर्मत गरे। अनि तिनीहरूको छेउमा अर्को बानाका छोरा, सादोकले मर्मत गरे।

Cross references

एज्रा 2:61

अनि पूजाहारीहरूका परिवारःहबायाहका, सन्तानहरू, हक्कोसका सन्तान अनि र्बजिलैका सन्तानबाट (एक व्यक्ति जसले गिलादी र्बजिलैका छोरीलाई विवाह गरेका थिए, अनि तिनीहरू कै नाउँ द्वारा सम्बोधन गरिथ्यो।)

एज्रा 8:33

चौथो दिनमा हामीले हाम्रा परमेश्वरको मन्दिरमा ती चाँदी अनि सुन अनि सामानहरू जोखियौ र ती पूजाहारी उरियाहका छोरा मरेमोत साथै पीनहासका छोरा एलाजार अनि तिनीहरूसित लेवीहरू, येशूअका छोरा योजाबाद अनि बिन्नुईका छोरा नोअदियाहलाई दियौ।

नहेम्याह 3:21

तिनको पछि हक्कोसका छोरा उरियाहका छोरा मेरेमोतले एल्यासीबको मन्दिरको ढोका देखि एल्यासीबको मन्दिरको अखदिरीसम्म मर्मत गरे।

नहेम्याह 3:30

तिनीको पछि शेलेम्याहका छोरा हनन्याह र सालाबका जन्तरे छोरा हानन्याहले अर्को अंश मर्मत गरे।तिनको पछि बेरेकियाका छोरा मशुल्लमले उसको घरको सामुन्ने मर्मत गरे।

नहेम्याह 6:18

किनकि यहूदामा धेरैजनाले तिनीप्रति स्वामिभक्त हुने प्रतिज्ञा गरेका थिए। किन भने तिनी आरहका छोरा शकन्याहका जुवाइँ थिए, अनि तिनका छोरा यहोहानानले, बेरेक्याहका छोरा मशुल्लमकी छोरीलाई विवाह गरेका थिए।

नहेम्याह 7:63

पूजाहारीहरूमा होबायाह,हक्कोस अनि र्बजिलैका सन्तानहरू थिए। मानिसहरू जसले गिलादबाटका र्बजिलैकी छोरीहरूलाई विवाह गरे, जसलाई उसको नाउँ द्वारा बोलायो।

नहेम्याह 10:7

मशुल्लाम, अजर्याह मियामीन,

नहेम्याह 10:15

बन्नी, अज्गाद, बवै,

Interlinear

Choose Theme