Home Bibles नहेम्याह 11:30 · नेपाली बाइबल
नहेम्याह 11:30 · नेपाली बाइबल

जानोह, अद्‌दूलाम अनि तिनीहरूका गाउँहरू लाकीश अनि त्यसका खेतहरू अजेका अनि त्यसका वरिपरिका स-साना गाउँहरू। यसरी तिनीहरू बेर्शेबा देखि लिएर हिन्नोमको बेंसीसम्म अधिकार गरेर बसे।

Cross references

यहोशू 10:3

अदोनि सेदेक, यरूशलेमका राजाले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनको राजा दबीरकहाँ समाचारवाहक पठाए,

यहोशू 12:15

लिब्नाका राजा1अद्रदुलामका राज1

यहोशू 15:8

त्यसपछि त्यो सीमाना यबूसी शहरको दक्षिणी छेउबाट हिन्नोम बेंसी भएर गएको थियो। (त्यो यबूसी शहरलाई यरूशलेम भनिन्थ्यो।) त्यस स्थानमा त्यो सीमाना हिन्नोम बेंसीको पश्चिममा भएको पहाडको चुचुरो तिर गएको थियो। यो रपाईं बेंसीको उत्तरतर्फ अन्तमा थियो।

यहोशू 15:34

जानोह, एन्गन्नीम, तपूह, एनाम,

यहोशू 15:39

लाकीश, बोस्कत, एग्लोन,

यहोशू 18:16

त्यसपछि सीमाना रपाईहरूको बेंसी उत्तरमा भएको हिन्नोम छोराको बेंसीको नजिकैको पहाडको फेद तिर फैलिएको थियो। सीमाना यबूसी शहरको ठीक दक्षिणमा भएको हिन्नोम बेंसीको तर्फ झरेको थियो। त्यसपछि सीमाना एन्रोगेल तर्फ गएको थियो।

2 राजा 23:10

तोपेत हिन्नोमको छोराको उपत्यकामा एउटा ठाउँ थियो जहाँ मानिसहरू आफ्ना नानीहरू मार्ने गर्दथे अनि असत्य देवता मोलेकको सम्मानमा तिनीहरूलाई बलि चडाउँने गर्दथे। योशियाहले त्यो ठाउँ भत्काए जसले गर्दा मानिसहरूले त्यो ठाउँ फेरी प्रयोग गर्न नसकुन्।

नहेम्याह 3:13

हानून अनि जानोहमा बस्ने मानिसहरूले बेंसीको-ढोका मर्मत गरे। तिनीहरूले त्यसलाई फेरि बनाए अनि त्यसका ढोकाहरूमा चुकुल र बारहरू बनाए। तिनीहरूले घुर्याने-मूल-ढोका सम्म 500 गज पर्खाल मर्मत गरे।

यशैया 37:8

अश्शूरका राजाले एक विवरण प्राप्त गरे। विवरणमा भनिएको थियो, “तिर्हाकाह, कूशका राजा, तिमीहरूसँग लडाई गर्न आइरहेछ।”

यर्मिया 7:31

यहूदाका मानिसहरूले बेंसीमा भएको उपत्यकामा तोपेतको उच्च स्थानहरू बनाए। ती जग्गाहरूमा मानिसहरूले आफ्ना छोरा छोरीहरूलाई मारे-तिनीहरूले बलिको रूपमा तिनीहरूलाई जलाए। यस्तो आज्ञा मैले कहिल्यै गरिनँ। यस्तो कुराहरू मेरो मनभित्र कहिल्यै पसेको थिएन।

यर्मिया 19:2

बेन हिन्नोमको बेंसीमा जाऊ, जुन खपटे प्रवेशद्वारको नजिकै छ बेन मैले तिमीलाई जे भनेको छु त्यस ठाउँमा ती कुराहरू तिनीहरूलाई घोषणा गर्नु पर्छ।

यर्मिया 19:6

अहिले मानिसहरूले यस ठाउँलाई तोपेत्त र बेन-हिन्नोनको खाडी भन्छन्। तर, म तिमीहरूलाई यो चेताउनी दिन्छु। यो परमप्रभुको सन्देश हो त्यस्तो दिनहरू आइरहेछ, जब मानिसहरूले यसलाई हत्याको खाडी भन्नेछन।

यर्मिया 32:35

“बेन-हिन्नोमको बेंसीमा ती मानिसहरूले मोलेकलाई आफ्ना छोरा-छोरीहरू बलि चढाएर झूटा देवता बाललाई पूज्न उच्च स्थानको निर्माण गरे। मैले तिनीहरूलाई कहिले पनि त्यस्तो भयानक कार्यहरू गर भनेर आज्ञा गरिनँ यहूदाका मानिसहरूले यस्तो पापपूर्ण कामहरू गर्छन् भनेर कहिल्यै पनि मेरो मनमा लागेको थिएन।

मीका 1:15

हे मोरेशाका वासिन्दाहरु! तिनीहरुको बिरुद्ध म एक जना मानिस पठाऊनेछु जसले तिमीहरुबाट सबै चिजहरु खोस्नेछ। इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ।

Interlinear

Choose Theme