Home Bibles यर्मिया 7:31 · नेपाली बाइबल
यर्मिया 7:31 · नेपाली बाइबल

यहूदाका मानिसहरूले बेंसीमा भएको उपत्यकामा तोपेतको उच्च स्थानहरू बनाए। ती जग्गाहरूमा मानिसहरूले आफ्ना छोरा छोरीहरूलाई मारे-तिनीहरूले बलिको रूपमा तिनीहरूलाई जलाए। यस्तो आज्ञा मैले कहिल्यै गरिनँ। यस्तो कुराहरू मेरो मनभित्र कहिल्यै पसेको थिएन।

Cross references

लेवी 18:21

“तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौ भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौ। म तिम्रो परमप्रभु हुँ।

लेवी 20:1

परमप्रभुले मोशालाई भन्नुभयो,

व्यवस्था 12:31

परमप्रभु तिमीहरूका परमेश्वरलाई त्यसो नगर। त्यस्ता देवताहरूको पूजा नगर! किन? किनभने ती मानिसहरूले परमप्रभुलाई मन नपराउने सबै कुराहरू गर्छन्। होमबलि दिदाँ तिनीहरू आफ्ना नानीहरू जलाउन पनि गाह्रो मान्दैनन्।

व्यवस्था 17:3

तिनीहरूले अरू देवी देवताहरू पूजेका छन्। अथवा यस्तो पनि हुन सक्छ तिनीहरूले घाम, जून अथवा ताराहरूलाई पूजेका छन्। यो मैले तिमीहरूलाई बताएको परमप्रभुको आज्ञाको विरोधमा हो।

व्यवस्था 18:10

आफ्नो नानीहरूलाई वेदीको आगोमा बलि नदेऊ। भविष्यमा के हुन्छ जान्नका लागि कुनै अगमवक्ता, जादूगर, झाँक्री अथवा तान्त्रिककहाँ नजाऊ।

यहोशू 15:8

त्यसपछि त्यो सीमाना यबूसी शहरको दक्षिणी छेउबाट हिन्नोम बेंसी भएर गएको थियो। (त्यो यबूसी शहरलाई यरूशलेम भनिन्थ्यो।) त्यस स्थानमा त्यो सीमाना हिन्नोम बेंसीको पश्चिममा भएको पहाडको चुचुरो तिर गएको थियो। यो रपाईं बेंसीको उत्तरतर्फ अन्तमा थियो।

2 राजा 17:17

तिनीहरूले आफ्ना छोरा छोरीहरू आगोमा बलि दिए। तिनीहरूले भविष्यको जानकारी प्राप्तका लागि तंत्र-मंत्र जादू-प्रेत, विद्याको प्रयोग गरे। तिनीहरूले त्यस्तो काम गर्नका लागि आफूलाई बेचे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। तिनीले यस्तो काम परमप्रभुको रीस जगाउनका लागि गरे।

2 राजा 23:10

तोपेत हिन्नोमको छोराको उपत्यकामा एउटा ठाउँ थियो जहाँ मानिसहरू आफ्ना नानीहरू मार्ने गर्दथे अनि असत्य देवता मोलेकको सम्मानमा तिनीहरूलाई बलि चडाउँने गर्दथे। योशियाहले त्यो ठाउँ भत्काए जसले गर्दा मानिसहरूले त्यो ठाउँ फेरी प्रयोग गर्न नसकुन्।

2 राजा 23:20

योशियाहले अग्ला ठाउँहरूका सबै पूजाहारीहरूलाई मारे जो सामरीयामा थिए। उनले ती वेदीहरूमा भएका पूजाहारीहरूलाई मारे। यस प्रकार पूजाका ती स्थलहरू शेष पारे। त्यसपछि उनी यरूशलेम फर्किए।

2 इतिहास 28:3

आहाजले बेन-हिन्नोम बेंसीमा धूप जलाए। तिनले आफ्नै छोराहरूलाई आगोमा जलाएर बलि चढाए। तिनले त्यस्तै भयानक पापहरू गरे जस्तो पाप त्यस देशमा बस्ने मानिसहरूले गरेका थिए। परमप्रभुले ती मानिसहरूलाई त्यहाँबाट बाहिर निक्लन विवश पार्नु भएको थियो, जब इस्राएलका मानिसहरू त्यस देशमा आएका थिए।

2 इतिहास 33:6

मनश्शेले बलिको निम्ति आफ्नै छोरा-छोरीहरूलाई पनि बेन हिन्नोमको बेंसीमा होम गरे। मनश्शेले भविष्य भन्ने, जोखाना हेर्ने, जादू-टुना गर्ने काम गरेर जादूको प्रयोग पनि गरे। तिनले मृत आत्मासित कुरा-कानी गर्ने र भूत-प्रेतहरूसित कुरा-कानी गरे। मनश्शेले धेरै कुराहरू गरे जसलाई परमप्रभुले गल्ती हो भन्नु भयो अनि यसले परमप्रभुलाई क्रोधित तुल्यायो।

भजनसंग्रह 106:37

उहाँका भक्तजनहरूले आफ्ना नानीहरू सम्म मारे, अनि त्यो भूतहरूलाई बलि चढाए।

यशैया 57:5

तिमीहरू सबै हरियो रूख मनि झूटा देवताहरू पूज्न चाहन्छौ। तिमीहरूले नानीहरूको हत्या गर्छौ अनि प्रत्येक खोलामा अनि चट्टानै चट्टान भएको ठाउँहरूमा तिनीहरूको बलि चढाउँछौ।

यर्मिया 19:2

बेन हिन्नोमको बेंसीमा जाऊ, जुन खपटे प्रवेशद्वारको नजिकै छ बेन मैले तिमीलाई जे भनेको छु त्यस ठाउँमा ती कुराहरू तिनीहरूलाई घोषणा गर्नु पर्छ।

यर्मिया 19:5

आफ्नो नानीहरू बाललाई आगोमा चढाउनु तिनीहरूले अल्गा ठाउँहरू बनाए। मैले तिनीहरूलाई यसो गर्नु भनिन। मैले तिनीहरूलाई आफ्नो नानीहरू बलिदान गर्नु भनिन। मैले यस्तो कुराहरू सोचिन पनि।

यर्मिया 32:34

ती मानिसहरूले दिक्क लाग्दा मूर्तिहरू मेरो मन्दिरमा सजाए अनि त्यसलाई दूषित पारे।

यर्मिया 32:35

“बेन-हिन्नोमको बेंसीमा ती मानिसहरूले मोलेकलाई आफ्ना छोरा-छोरीहरू बलि चढाएर झूटा देवता बाललाई पूज्न उच्च स्थानको निर्माण गरे। मैले तिनीहरूलाई कहिले पनि त्यस्तो भयानक कार्यहरू गर भनेर आज्ञा गरिनँ यहूदाका मानिसहरूले यस्तो पापपूर्ण कामहरू गर्छन् भनेर कहिल्यै पनि मेरो मनमा लागेको थिएन।

इजकिएल 16:20

परमेश्वरले भन्नुभयो, “तिमीले मेरोलागि जन्मेको सबै छोरा-छोरीहरू मूर्तिहरू अघि बलि चढायौ। के तिम्रा मूर्तिहरूसित यस्तो वेश्यावृति गर्नु सानो कुरो हो?

इजकिएल 20:31

तिमीले त्यसरी नै उपहारहरू चढाइरहेछौ। तिमीले आफ्नो नानीहरूलाई आगोमा (असत्य देवताहरूको उपहार स्वरूप) हालिरहेकाछौ। तिमीले आफूलाई आज पनि अपवित्र मूर्तिहरूद्वारा अपवित्र बनाइरहेकाछौ। के तिमी साँच्चै सोच्छौ कि म तिमीलाई मकहाँ आएर आफ्नो सल्लाह माग्न दिन्छु? म परमप्रभु अनि मालिक हुँ। म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म तिम्रो प्रश्नको उत्तर दिँदिन अनि तिमीलाई सल्लाह पनि दिँदिन।

Interlinear

Choose Theme