Home Bibles यहोशू 15:8 · नेपाली बाइबल
यहोशू 15:8 · नेपाली बाइबल

त्यसपछि त्यो सीमाना यबूसी शहरको दक्षिणी छेउबाट हिन्नोम बेंसी भएर गएको थियो। (त्यो यबूसी शहरलाई यरूशलेम भनिन्थ्यो।) त्यस स्थानमा त्यो सीमाना हिन्नोम बेंसीको पश्चिममा भएको पहाडको चुचुरो तिर गएको थियो। यो रपाईं बेंसीको उत्तरतर्फ अन्तमा थियो।

Cross references

यहोशू 15:63

यहूदाका सेना यरूशलेममा बसेका यबूसी मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याउन सामर्थ भएनन्। यसर्थ आजसम्म यरूशलेममा यहूदाका मानिसहरू माझ यबूसी मानिसहरू बस्छन्।

यहोशू 18:16

त्यसपछि सीमाना रपाईहरूको बेंसी उत्तरमा भएको हिन्नोम छोराको बेंसीको नजिकैको पहाडको फेद तिर फैलिएको थियो। सीमाना यबूसी शहरको ठीक दक्षिणमा भएको हिन्नोम बेंसीको तर्फ झरेको थियो। त्यसपछि सीमाना एन्रोगेल तर्फ गएको थियो।

यहोशू 18:28

त्यहाँ चौध शहरहरू अनि ती वरिपरिका खेतहरू थिए। बिन्यामीनका कुल समूहले यी सबै क्षेत्रहरू प्राप्त गरे।

न्यायकर्ता 1:8

यहूदाका मानिसहरू यरूशलेमको विरूद्ध लडे अनि त्यसलाई कब्जा गरे। यहूदाका मानिसहरूले यरूशलेमका मानिसहरूलाई मार्न आफ्ना तरवारहरू उपयोग गरे। त्यसपछि तिनीहरूले त्यस शहरलाई जलाइदिए।

न्यायकर्ता 1:21

बिन्यामीन कुल समूहले यबूसी मानिसहरूलाई यरूशलेम छोड्न वाध्य तुल्याउन सकेनन्। यसकारण आज पनि, यरूशलेममा यबूसी मानिसहरू बिन्यामीन कुल समूहसित बस्छन्।

न्यायकर्ता 19:10

तर ती लेवी अझ अर्कोरात बस्न चाहँदैन थियो। तिनले आफ्नो दुई गधाहरू अनि आफ्नी सेविकालाई लगे। तिनले यबूस (यरूशलेमको अर्को नाउँ) सम्म यात्रा गरे।

2 शमूएल 5:18

पलिश्तीहरू आएर रपाईमको बेंसीमा डेरा जमाए।

2 शमूएल 5:22

फेरि पनि पलिश्तीहरूले रपाईमको बेंसीमा आएर पाल हाले।

2 राजा 23:10

तोपेत हिन्नोमको छोराको उपत्यकामा एउटा ठाउँ थियो जहाँ मानिसहरू आफ्ना नानीहरू मार्ने गर्दथे अनि असत्य देवता मोलेकको सम्मानमा तिनीहरूलाई बलि चडाउँने गर्दथे। योशियाहले त्यो ठाउँ भत्काए जसले गर्दा मानिसहरूले त्यो ठाउँ फेरी प्रयोग गर्न नसकुन्।

2 इतिहास 28:3

आहाजले बेन-हिन्नोम बेंसीमा धूप जलाए। तिनले आफ्नै छोराहरूलाई आगोमा जलाएर बलि चढाए। तिनले त्यस्तै भयानक पापहरू गरे जस्तो पाप त्यस देशमा बस्ने मानिसहरूले गरेका थिए। परमप्रभुले ती मानिसहरूलाई त्यहाँबाट बाहिर निक्लन विवश पार्नु भएको थियो, जब इस्राएलका मानिसहरू त्यस देशमा आएका थिए।

नहेम्याह 11:30

जानोह, अद्‌दूलाम अनि तिनीहरूका गाउँहरू लाकीश अनि त्यसका खेतहरू अजेका अनि त्यसका वरिपरिका स-साना गाउँहरू। यसरी तिनीहरू बेर्शेबा देखि लिएर हिन्नोमको बेंसीसम्म अधिकार गरेर बसे।

यशैया 17:5

त्यस समय रफाईमको वेंसीमा बाली भित्र्याउने समय जस्तै हुनेछ। कर्मीहरूले खेतमा सप्रेको बाली थुर्पाछन्। तब तिनीहरूको बोटहरूबाट बाला टिप्छन अनि अन्न बटुल्छन्।

यर्मिया 7:31

यहूदाका मानिसहरूले बेंसीमा भएको उपत्यकामा तोपेतको उच्च स्थानहरू बनाए। ती जग्गाहरूमा मानिसहरूले आफ्ना छोरा छोरीहरूलाई मारे-तिनीहरूले बलिको रूपमा तिनीहरूलाई जलाए। यस्तो आज्ञा मैले कहिल्यै गरिनँ। यस्तो कुराहरू मेरो मनभित्र कहिल्यै पसेको थिएन।

यर्मिया 19:2

बेन हिन्नोमको बेंसीमा जाऊ, जुन खपटे प्रवेशद्वारको नजिकै छ बेन मैले तिमीलाई जे भनेको छु त्यस ठाउँमा ती कुराहरू तिनीहरूलाई घोषणा गर्नु पर्छ।

यर्मिया 19:6

अहिले मानिसहरूले यस ठाउँलाई तोपेत्त र बेन-हिन्नोनको खाडी भन्छन्। तर, म तिमीहरूलाई यो चेताउनी दिन्छु। यो परमप्रभुको सन्देश हो त्यस्तो दिनहरू आइरहेछ, जब मानिसहरूले यसलाई हत्याको खाडी भन्नेछन।

यर्मिया 19:14

तब यर्मिया तोपेतबाट गए जहाँ परमेश्वरले उसलाई प्रचार गर्न भन्नु भएको थियो। यर्मिया परमेश्वरको मन्दिर तिर गए अनि मन्दिरको चोकमा उभिए। यर्मियाले सबै मानिसहरूलाई भने

Interlinear

Choose Theme