हे मोरेशाका वासिन्दाहरु! तिनीहरुको बिरुद्ध म एक जना मानिस पठाऊनेछु जसले तिमीहरुबाट सबै चिजहरु खोस्नेछ। इस्रएलको महिमा अदुल्लाम सम्म आउनेछ।
Cross references
त्यस समय यहूदा आफ्नो दाज्यू-भाइहरूलाई छोडी हीरा नाउँको मानिससित बस्न गए। हीरा अद्दुलाम शहरको थियो।
लिब्नाका राजा1अद्रदुलामका राज1
यर्मूत, अदुल्लाम, सोको, अजेका,
कीला, अक्जीब अनि मारेशा। त्यहाँ जम्मा नौंवटा शहर अनि ती वरिपरिका खेतहरू थिए।
दाऊदले गात छोडेर भागे। दाऊद आदुल्लामको गुफामा पुगे। दाऊदका दाज्यू-भाइहरू र आफन्तहरूले दाऊद आदुल्लाममा छ भनी सुने। तिनीहरू दाऊदलाई भेट्न गए।
बेतसर, सोको, अदुल्लाम,
तर तिमी परमप्रभुसित डराउनु पर्छ। किन? किनभने परमप्रभुले केही संकटको समय तिमीमाथि पार्नुहुनेछ। ती संकटहरू एप्रैम यहूदाबाट छुट्टिएको समयको संकट जस्तै तिम्रा अनि तिम्रा बुबाका मानिसहरूकहाँ आउनेछन्। परमेश्वरले के गर्नु हुनेछ? परमेश्वरले अश्शूरका राजालाई तिमीसित लडाँई गराउन ल्याउनु हुनेछ।
कानून बनाउनेहरू हो! तिमीहरूले गरेका प्रत्येक कुराको लेख दिनु पर्नेछ। त्यसबेला तिमीहरू के गर्नेछौ? तिमीहरूको विनाशको समय सुदूर देशबाट आइरहेछ। कहाँ भागेर सहयोग माग्ने छौ? तिमीहरूका रूपिंया-पैसा र धनले तिमीहरूलाई मद्दत दिने छैन।
परमेश्वरले भन्नु हुन्छ, “म लाटो जस्तो अश्शूरलाई प्रयोग गर्नेछु। क्रोधमा, इस्राएललाई दण्ड दिनलाई म अश्शूरलाई प्रयोग गर्ने छु।
यो सन्देश अम्मोनवासीहरूसित सम्बन्धित छ परमप्रभु भन्नुहुन्छ “अम्मोनवासी हो! के तिमीहरू ठान्छौ कि इस्राएलका मानिसहरूका नानीहरू छैनन्? के तिनीहरूका अभिभावकहरू जमीनको उत्तराधिकारीहरू छैनन्? तब किन मल्कामले गादको जमीन लियो? किन उसको मानिसहरू उसका शहरहरूमा बस्छन्?”