Home Bibles नहूम 3:13 · नेपाली बाइबल
नहूम 3:13 · नेपाली बाइबल

निनवे तिम्रो सबै मानिसहरु, स्त्रीहरु जस्तै छन् अनि तिनीहरुलाई लान शत्रुका सैनिकहरु तयार छन्। तिम्रो भूमिका फाटकहरु तिम्रो शत्रुहरुका निम्ति खुल्लाछन् अनि तिनीहरु भित्र पस्दैछन्। तिम्रो फाटकका काठका बारहरु जलाएर ध्वंश पारेकाछन्।

Cross references

भजनसंग्रह 107:16

हाम्रा शत्रुहरूलाई नाश गर्न परमप्रभुले हामीलाई सहायता दिनुभयो, परमेश्वरले तिनीहरूको काँसाको मूल ढोका भत्काउन सक्नुहुन्छ। परमेश्वरले तिनीहरूका फलामका बारहरू टुक्रा-टुक्रा पारिदिन सक्नुहुन्छ।

भजनसंग्रह 147:13

यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो। अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।

यशैया 19:16

त्यसबेला मिश्रदेशवासीहरू डराएकी स्त्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछ। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्।

यशैया 45:1

आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्नुहुन्छ।“म कोरेसको दाहिने हात समाउनेछु। राजाहरूका शक्ति लिनलाई म उसलाई सहायता गर्नेछु। शहरका ढोकाहरू कोरेसलाई बन्द हुनेछैन, म शहरका प्रवेशद्वारहरू खोली दिनेछु अनि कोरेस शहर भित्र जानेछ।”

यशैया 45:2

“कोरेस, तिम्रा सेनाहरूले अघि बढनेछन् अनि म तिम्रो अघाडी जानेछु। म पर्वतहरू मैदान तुल्य पारिदिनेछु। म शहरका काँसाका प्रवेशद्वारहरू भत्काइदिनेछु। म फलामका ढोकाको बारहरू काटिदिनेछु।

यर्मिया 50:37

तरवार, बाबेलका घोडाहरू, रथहरूलाई मार। अन्य देशका भाडाका सिपाहीहरूलाई मार ताकि तिनीहरू स्त्रीहरू जस्तो डराउन। तरवार, बाबेलको गाडधनहरूमाथि जाइलाग ताकि तिनीहरू लुटिउन्।

यर्मिया 51:30

बाबेलका सिपाहीहरूले लडाइँ गर्न बन्द गरे। तिनीहरू आफ्नै दृढ किल्लाहरूमा पसे। तिनीहरू थकित भए। तिनीहरू स्त्री जस्तै भए। बाबेलका घरहरू जलिरहेका छन्। अनि प्रवेशद्वारहरू भत्काइएका छन्।

ओबदिया 1:9

त्यस समय तेमान, तिम्रो शक्तिशाली मानिसहरू डराउँने छन्। अनि एसाव पहाडको प्रत्येक मानिस नष्ट हुनेछन्।

नहूम 2:6

तर बाढीका फाटकहरु खुल्लाछन्। शत्रुहरु बाढी झैं भित्र पसिरहेकाछन् अनि राजाको महल ध्वंश पारिंदैछ।

नहूम 2:7

हेर, शत्रुहरुले रानीलाई लाँदैछन् अनि तिनका नोकर्नीहरु छात्ती पिट्दै ढुकुर झैं विलाप गर्दैछन्।

Interlinear

Choose Theme