यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो। अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो।
Cross references
एल्यासीब, प्रधान पूजाहारी अनि उनका सहयोगी पूजाहारीहरू काम गर्न गए, अनि तिनीहरूले भेडा-ढोकाफेरि बनाए। तिनीहरूले यसलाई परमप्रभुप्रति समर्पण गरे अनि तिनीहरूले यसका ढोकाहरू लगाए। तिनीहरूले सयको हन्मेआ बुर्जासम्म अनि हननेलको बुर्जासम्म समर्पण गरे।
जब यी कुरा सम्बलत, तोबियाह, अरबी गेशेम अनि हाम्रा अन्य शत्रुहरूलाई भनियो कि मैले पर्खाल पुनःर्निर्माण गरे। अनि त्यहाँ कुनै खाली छाडिएन यद्यपि त्यससमय मैले ढोका फाटकहरूमा ढोकाहरू लगाएको थिएन।
जब पर्खालको पुनःर्निर्माण भयो, अनि मैले ठीक ठाउँमा ढोकाहरू लगाएँ, द्वारपाल, गवैया अनि लेवीहरूलाई पूजाहरी नियुक्त गरे।
मैले तिनीहरूलाई भने, “यरूशलेमको द्वारहरू घाम पूर्णरूपले उदय नहुञ्जेल खोल्नु हुँदैन, अनि घाम अस्ताउनु भन्दा अघि बन्द गर्नु पर्छ। यरूशलेमका बासिन्दाहरूलाई रक्षा गर्न कसैलाई तिनीहरूको खामातिर अनि कसैलाई आफ्नै घरको रक्षा गर्न नियुक्त गर।”फर्केर आएका कैदिहरूको सूची
पूजाहारीहरू अनि लेवीहरूले आफैंलाई शुद्धपारे अनि ती मानिसहरूले द्वार र पर्खालहरूलाई पनि शुद्ध पारे।
हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ। यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।
हे परमेश्वर, सियोन प्रति कल्याणकारी बन्नु होस्। यरूशलेमको पर्खालहरू पुर्ननिर्माण गर्नुहोस्।
परमप्रभुले तिमीहरूका छोरा-छोरीहरूलाई धेरै भन्दा धेरै नै दिऊन्।
पर्वतहरू सारा यरूशलेम वरिपरि छन्। अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ। उहाँले आफ्ना मानिसहरूलाई सर्वकाल रक्षा गर्नुहुनेछ।
घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलधायक हुनेछ।, तिम्रा छोरा-छोरीहरू तिमीले टेबल वरिपरि रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्।
हाम्रा जवान छोराहरू बलिया रूखहरू जस्ता छन्। हाम्रा छोरीहरू राजाको दरबारमा सजिएको सजावट जस्ता छन्।
“म तिर्खाएको मानिसहरूलाई पानी खन्याई दिनेछु। म सुक्खा भूमिहरूमा खोला बगाइदिनेछु। म मेरो आत्मा तिम्रा छोरा-छोरीहरूमाथि खन्याई दिनेछु, यो तिम्रो सन्तानमा बगिरहने पानीका धाराहरू जस्तै हुनेछ।
तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको स्वर गुञ्जिनेछ। म तिमीहरूलाई धेरै छोरा-छोरीहरूका निम्ति आशीर्वाद दिनेछु। तिमीहरू कम्ती हुनेछैनन्। म तिनीहरूमा गौरव ल्याउनेछु र तिनीहरूलाई कैसेले तिरस्कार गर्नु पाउने छैनन्।
“यसकारण परमप्रभु भन्नुहुन्छ ‘तिमीहरू भनिरहेकाछौ, ‘हाम्रो देश मानिस र पशुहरू बिनाको उजाड ठाउँ हो।’ अहिले यरूशलेमका गल्लीहरू र यहूदाका शहरहरू मानिसहरू र पशुहरू बिना ध्वंस भएको छ।
तर चाँडै यो ठाउँमा आनन्दको मिठो, दुलहा-दुलहीहरूको खुशीयाली र परमप्रभुमा प्रशंसाको आवाजहरूले प्रतिध्वनित हुनेछ। ती मानिसहरूले भन्ने छन्, ‘सेनाहरूका परमप्रभुको प्रशंसा गर। परमेश्वर भलो हुनुहुन्छ। उहाँ सधैं कृपालु हुनुहुन्छ। तिनीहरूले मन्दिरमा धन्यवाद बलि चढाउनेछन कारण यस ठाउँबाट जे जे लुटिएको थियो म त्यो पुन बहाली गराउनेछु अनि अघि जस्तो थियो त्यस्तै बनाउनेछु,” परमप्रभु भन्नुहुन्छ।
परमप्रभुले सियोनकी छोरीको पर्खाललाई ध्वंश गर्ने योजना गर्नुभयो। त्यसकारण उहाँले ती पर्खालहरू ध्वंश गर्नु पर्ने ठाउँमा चिन्ह लगाउन गजले नाप्नु भयो। त्यस पछि तिनीहरू सबै भत्के।
यरूशलेमका फाटकहरूबाट शत्रुहरू प्रवेश गर्ने छन् भन्ने कसैले विश्वास गर्न सक्दैन थे।
“त्यसपछि यो जान र बुझ, यरूशलेमको पुनप्राप्ति र पुननिर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषिक्त जन, एक राजकुमार देखा परेको समय सम्म सात हप्ता बित्नेछ। त्यसपछि बैसठ्ठी हप्ता सम्म गल्ली र नाला समेत पुनप्राप्ति र पुर्ननिर्माण भइसकेको अवस्थामा रहनेछ।
परमप्रभु भन्नुहुन्छ, “म सियोनमा फेरि फर्केर आएँ। म यरूशलेममा बसिरहेको छु। यरूशलेम सत्यको बिश्वासी शहर भनिनेछ। सर्वशक्तिमान परमप्रभुको पर्वतलाई चाहिं पवित्र पर्वत भनिनेछ।”
उहाँले यरूशलेमको विषयमा भन्नुभयो, “तिम्रोमा केले शान्ति ल्याउँछ? यदि तिमीले आज बुझेको भए, असल हुने थियो। तर तिमीले जान्दैनौ, किनभने यो तिम्रो आँखाबाटा ओझेल परेकोछ।