हेर, शत्रुहरुले रानीलाई लाँदैछन् अनि तिनका नोकर्नीहरु छात्ती पिट्दै ढुकुर झैं विलाप गर्दैछन्।
Cross references
ती शोकमा लगाउने लुगाहरू आफ्ना दुखहरूले भरिएका छातीमा लगाऊ।डाको छोडेर विलाप गर, किनभने तिमीहरूका खेतहरू रित्ता छन्। तिमीहरूका दाखका बोटहरूले एकपल्ट फल दिए तर अहिले तिनीहरू रित्ता छन्।
म ढुकुर जस्तै रोएँ म चरा जस्तै रोएँ मेरा आँखाहरू थकित भए तर मैले लगातार स्वर्ग तिर हेरिरहे। हे मेरो मालिक! म अत्यन्त खिन्न भएँ मलाई साथ दिने वचन दिनुहोस्।”
हामी सबै अत्यन्त उदास छौं, ढुकुरहरू र भालूहरूले झैं हामी आवाजहरू निकालछौ। मानिसहरू कहिले निष्पक्ष हुन्छन् भन्ने समयलाई हामी पर्खिरहेका छौं। तर अझ सम्म त्यहाँ सत्य भन्ने नै छैन्। हामी सुरक्षित हुन पर्खिरहेका छौं तर मुक्ति भने अझै टाढा छ।
निनवे तिम्रो सबै मानिसहरु, स्त्रीहरु जस्तै छन् अनि तिनीहरुलाई लान शत्रुका सैनिकहरु तयार छन्। तिम्रो भूमिका फाटकहरु तिम्रो शत्रुहरुका निम्ति खुल्लाछन् अनि तिनीहरु भित्र पस्दैछन्। तिम्रो फाटकका काठका बारहरु जलाएर ध्वंश पारेकाछन्।
धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुखी भएर विलाप गरिरहेका थिए।
धेरै मानिसहरू यो दृश्य हेर्न त्यहाँ भेला भएका थिए। जब तिनीहरूले के भयो, देखे तिनीहरूले आफ्नो हृदय गहौं गराए अनि गए।