तरवार, बाबेलका घोडाहरू, रथहरूलाई मार। अन्य देशका भाडाका सिपाहीहरूलाई मार ताकि तिनीहरू स्त्रीहरू जस्तो डराउन। तरवार, बाबेलको गाडधनहरूमाथि जाइलाग ताकि तिनीहरू लुटिउन्।
Cross references
कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्। तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।
परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सकनु हुन्छ। उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ, तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ।
जब याकूबका परमेश्वरले ती सिपाहीहरूलाई गाली गर्नुभयो, घोडसवारहरू र घोडाहरू मरे।
त्यसबेला मिश्रदेशवासीहरू डराएकी स्त्रीहरू जस्तै हुनेछन्। तिनीहरू सेनाहरूका परमप्रभुदेखि डराउनेछ। परमप्रभुले तिनीहरूलाई दण्ड दिनलाई उहाँको पाखुरा उठाउनु हुनेछ र तिनीहरू डराउनेछन्।
म तिमीलाई त्यो धन दिनेछु जसले अन्धकारमा बचाउनेछ। म तिमीलाई ती गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। म यसो गर्ने छु ताकि तिमीहरूले म परमप्रभु भनेर जान्नेछौ। म इस्राएलको परमेश्वर हुँ, अनि म तिमीलाई तिम्रो नाउँले बोलाउने छु।
अरबका जम्मै बासिन्दाहरू, ऊजका सबै राजाहरू, पलिश्तीहरूका सबै राजाहरू जसमा अश्कलोन, गाजा, एक्रोन, अश्दोदमा बाँकी रहेका जम्मै
मैले अरब देशका र सीमान्तका सारा राजाहरू जो मरूभूमिमा बस्छन्,
शहरहरू कब्जा गरिनेछ। बलिया किल्लाहरू घेरामा पर्नेछन्। त्यस समयमा मोआबका शक्तिशाली सिपाहीहरूको मुटु प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।
ती शत्रुहरूले कल्दी मानिसहरूको सारा सम्पत्तिहरू लैजाने छन्। लूटेको सम्पत्तिले तिनीहरू पूर्ण हुनेछन्।” परमप्रभुले ती कुराहरू भन्नुभयो।
सुदूरदेशबाट पनि बाबेलको विरूद्ध आऊ। अन्न-भण्डारहरू तोडी देऊ, अन्नको थुप्रो झैं बाबेललाई थुपार अनि बाबेललाई पूर्ण ध्वंस पार र कसैलाई पनि बाँच्न नदेऊ।
मैले तिमीलाई घोडा र सवारीमा प्रहार गर्न चलाएँ। मैले तिमीलाई रथ र सारथीहरू धूलो पार्न प्रहार गरें।
बाबेलका सिपाहीहरूले लडाइँ गर्न बन्द गरे। तिनीहरू आफ्नै दृढ किल्लाहरूमा पसे। तिनीहरू थकित भए। तिनीहरू स्त्री जस्तै भए। बाबेलका घरहरू जलिरहेका छन्। अनि प्रवेशद्वारहरू भत्काइएका छन्।
“धेरै मानिसहरूले मिश्रसँग शान्ति-संघि गरे। तर कूश, पूत, लूद, समस्त अरब देश, लिबिया अनि इस्राएलका सबै मानिसहरू नष्ट हुनेछन्।
मेरो टेबलमा तिमीले खानुका निम्ति अत्यन्तै ज्यादा मासु पाउनेछौ। त्यहाँ घोडा अनि रथ सवारहरू, शक्तिशाली सैनिक अनि अरू सबै लडने मानिस हुनेछन्।”‘ परमप्रभु मेरा मालिक यसो भन्नुभयो।
किभने परमप्रभुले इस्राएलको महिमा जस्तै याकूबको महिमा फर्काएर ल्याउँदै हुनुहुन्छ। शत्रुले तिनीहरुलाई ध्वंश पारेकोछ अनि तिनीहरुको दाखबारि नष्ट पारेकोछ।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो रथहरु जलाई दिनेछु। म तिम्रो जवान सिंहहरुलाई तरवारले मारिदिनेछु। तिमाले कसैलाई पनि पृथ्वीमा शिकार गर्नेछैनौ। मानिसहरुले कहिल्यै पनि तिम्रो बारेमा नराम्रो समचारहरु सुन्ने छैनन्।
निनवे तिम्रो सबै मानिसहरु, स्त्रीहरु जस्तै छन् अनि तिनीहरुलाई लान शत्रुका सैनिकहरु तयार छन्। तिम्रो भूमिका फाटकहरु तिम्रो शत्रुहरुका निम्ति खुल्लाछन् अनि तिनीहरु भित्र पस्दैछन्। तिम्रो फाटकका काठका बारहरु जलाएर ध्वंश पारेकाछन्।
अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।