मोआबमा खेत बारि भरि नून छरिदेऊ किनभने यो निश्चय नष्ट हुनेछ अनि बासिन्दा कोही नभएर मोआब शून्य मरूभूमि हुनेछ।
Cross references
म परमप्रभुमा भरोसा गर्छु यसकारण किन मलाई भाग र लुक भन्यौ? तिमीले मलाई भन्यौ, “चरा जस्तो उडेर आफ्नो पहाडमा जाऊ!”
ओ हो! ढुकुरको जस्तो पंखेटाहरू भए म उडने थिएँ! अनि विश्राम गर्ने ठाउँ खोज्ने थिएँ।
मोआबका स्त्रीहरूले अर्नोनको अरोण नदी पार गर्ने प्रयास गर्छन्। तिनीहरू सहायताका निम्ति एक ठाउँ देखि अर्को ठाउँमा हेरिरहेछन्। तिनीहरू रूखबाट गुँड भूईंमा झरेपछि लापत्ता भएका बचेराहरू जस्ता भएका छन्।
हे मिश्रकी छोरी! आफ्ना सामानहरू बाँधबुध गर दासत्वको लागि तैयार हौं, किनभने मेमफिस शहर ध्वंस हुनेछ, जन शून्य बेकामे भूमि हुनेछ।
मोआबका मानिसहरू हो आफ्नो शहरहरू छोड। जाऊ ढुङ्गाहरूमा बस, ढुकुर जस्तो हौ जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।”
यसकारण जस्तो जीवित छु, मोआब अनि अम्मोनका मानिसहरूलाई सदोम अनि गमोराझैं ध्वंश गरिदिनेछु। म सर्वशक्तिमान परमप्रभु, इस्राएलको परमेश्वर हुँ। म त्यो प्रतिज्ञा गर्छु कि ती देशहरू सदा सर्वदाको निम्ति सम्पूर्ण रूपले नष्ट गरिनेछ। तिनीहरूको भूमिमा घाँस उम्रनेछ। तिनीहरूको जमीन न्नको खानी जस्तै हुनेछ। मेरो मानिसहरू मध्ये बाँचेकाहरूले त्यो जमीन अनि त्यसमा भएको चीज-बीजहरूको प्रयोग गर्नेछन्।
तर त्यस स्त्रीलाई विशाल गरुडको दुई पखेटा दिइयो। यसर्थ तिनी त्यस स्थानमा उडेर जान सक्थिइन् जो मरुभूमिमा तिनको निम्ति तयार गरिएको थियो। त्यस स्थानमा साढे तीन र्वषसम्म तिनको हेरचाह गरिने थियो। त्यहाँ तिनी त्यो सर्पदेखि टाढो बस्न सक्थिन.