अनि तिनीहरूले देखाउँनेछन कि तिनीहरूले तिमीलाई कति घृणा गर्नेछ। तिनीहरूले तिम्रो प्रत्येक चीज लानेछन् जुन तिमीले कमाएकीछौ। तिनीहरूले तिमीलाई खाली हात र नाङ्गो छोडिदिन्छन्। मानिसहरूले तिम्रो पाप, वेश्यापना अनि लाज तिम्रो भक्तिहीन स्पष्ट देख्ने छन्।
Cross references
“कारण तिमीहरूसित प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको प्रशस्त हुँदा तिमीहरूले उहाँको सेवा गरेनौ।
त्यसपछि अम्नोनले तामारलाई घृणा गर्न थाले। पहिले जति माया गर्थे त्योभन्दा ज्यादा घृणा गर्नथाले। अम्नोनले तामारलाई भने, “उठेर यहाँबाट गइहाल।”
यरूशलेमले धेरै पापहरू गरेकी थिई। अनि त्यसैले गर्दा ऊ ध्वंश भएकी छे। यो देखेर मानिसहरूले मुन्टो फर्काउँछन्। विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे। तर अहिले उनीहरू उसलाई घृणा गर्छन्। उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन् यरूशलेम रोइरहेकी छे र मुख फर्काउँछे।
परमप्रभु मेरो मालिकले यो कुरा भन्नुहुन्छ “तिमीले तिम्रो पैसा खर्च गरायौ अनि आफ्नो प्रेमीहरू तथा झूटा देवताहरूलाई आफ्नो नाङ्गो शरीर हेर्न दियौं तथा तिमीसित शारीरिक सम्बन्ध गर्नदियौ। तिमीहरूले तिनीहरूको नानीहरू मार्यौ अनि तिनीहरूको रगत बगायौ। त्यो ती झूटा देवताहरूलाई तिम्रो भेटी थियो।
म तिमीलाई ती सबै प्रेमीहरूलाई प्राप्त गर्न दिन्छु। तिनीहरूले तिम्रो सबै उच्च स्थानहरू नष्ट पारिदिनेछन्। तिनीहरूले तिम्रो पूजा स्थानहरू जलाई दिनेछन्। तिनीहरूले तिम्रो लुगाहरू च्याति दिनेछन् तथा तिम्रो सुन्दर गर-गहनाहरू लिनेछन्। तिनीहरूले तिमीलाई वस्त्रहीन अनि नाङ्गै छोडिदिनेछन् जस्तो तिमीलाई मैले भेट्टाएको बेलामा थियौ।
“ओहोलिबाले त्यो धोकेबाज हो भनी सबलाई देखाई उसले यति ज्यादा मानिसहरूलाई आफ्नो नाङ्गो शरीरको प्रयोग गर्न दिई कि मलाई ऊ प्रति त्यसै घृणा उत्पन्न भयो, जस्तो उसको बहिनी प्रति भएको थियो।
म तिमीहरूलाई मेरो इर्ष्या शक्ति तिमीहरूको विरूद्ध देखाउनेछु। तिनीहरू अत्यन्तै क्रोधित हुनेछन् अनि तिमीहरूलाई चोट पुर्याउनेछन्। तिनीहरूले तिम्रो नाक अनि कान काट्नेछन्। तिनीहरूले तिमीहरूलाई तरवारले मार्नेछन्। त्यसपछि तिनीहरूले तिम्रो नानीहरू लिएर जानेछन् अनि तिनीहरूले ती नानीहरू जलाई दिनेछन्।
“तर धार्मिक मानिसहरूले तिनीहरूको न्याय अपराधी भनी गर्नेछन्। ती स्त्रीहरूलाई तिनीहरूले अपवित्र अनि व्यभिचारिणीहरू भनी न्याय गर्नेछन्। किन? किनकि ओहोला अनि ओहोलिबाले व्यभिचार पाप गरेकाछन् अनि तिनीहरूले जुन स्त्रीहरूको हत्या गरका थिए तिनीहरूको रगतले तिनीहरूको हातहरू कलंकित छन्।”