तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जाताततै सबै मानिसहरूसंग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।
Cross references
म सम्झना गर्छु उहाँले कस्तो-कस्तो कार्य गर्नुभयो भनेर। परमेश्वर, म ती आश्चर्यपूर्वक कुराहरू सम्झना गर्छु जुन तपाईंले धेरै-धेरै अगाडि गर्नु भएको थियो।
तर ती अन्धा मानिसहरू बाहिर गए अनि त्यस क्षेत्रमा चारैतिर येशूको खबर फिंजाए।
तब तिनीहरूले सो पैसा लिए अनि पूजाहारीहरूले भने बमोजिम काम गरे। तिनीहरूको उखान यहूदीहरू माझ फैलियो अनि तिनीहरू माझ अहिले सम्म पनि त्यो कुरा प्रचलित छ।
केही दिनपछि, येशू कफर्नहुममा र्फकनुभयो। येशू घरमा हुनु हुन्थ्यो भन्ने खबर सबैले थाहा पाए।
येशू फेरी समुद्रतिर जानुभयो, र धेरै मानिसहरूले उहाँलाई पछ्याउन थाले, अनि येशूले तिनीहरूलाई शिक्षा दिनुभयो।
येशू आफ्नो चेलाहरूसित समुद्रतिर जानुभयो। गालीलका अनेकौं मानिसहरूले उहाँलाई पछ्याए।
तर येशूको विषयमा समाचार अझ प्रचार हुँदै गयो। धेरै मानिसहरू उहाँकहाँ सुन्न आँउथे र बिमार निको भएर जान्थे।
धेरै ठूलो भीडले येशूलाई पछ्यायो किनभने तिनीहरूले विरामीहरूलाई निको पार्न चमत्कारहरू गर्नु भएको देखेका थिए।
आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अगुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दैछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्मगुरूले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ।