तर सैन्य अधिकारीले पावललाई जिउँदै बचाउन चाहन्थे। यसैले उनले कैदीहरूलाई मार्ने अनुमति दिएनन्। उनले कैदीहरू जसले पौरिन सक्थे पहिले हाम फाल्न र जमीनमा जाने आदेश दिए।
Cross references
परमप्रभुलाई जब एकजना मानिसको मार्ग मन पर्छ उहाँले उसको शत्रुलाई पनि ऊ सित प्रेमभावमा बस्ने बनाउनु हुन्छ।
र्तक लडाईमा बद्लियो। यहूदीहरूले पावललाई टुक्रा टुक्रा पार्नेछन् भनेर सेनापति डराए। यसैले सेनापतिले सिपाहीहरूलाई तल गएर पावललाई यहूदीहरूबाट लिइकन सैन्य-भवनमा राख्न लगाए।
केही घोडाहरू पावलको लागि पनि ल्याऊ ताकि पावललाई राज्यपाल फेलिक्सकहाँ सुरक्षित पुर्याउन सकिन्छ।”
अर्कोदिन हामी सायडन शहर आई पुग्यौं। जुलियसले पावललाई भद्र व्यवहार गरे। उनले पावललाई आफ्नो साथीहरूसंग भेट्न जान दिए, ताकि तिनीहरूले पावलको आवश्यकतालाई ध्यान दिउन्।
तर जहाजका कप्तान र मालिकले पावलको कुरामा सहमत दिएनन्। यसैले सेना अधिकारीले पावलले भनेको मानेनन्। बरू उसले मालिक र जहाज कप्तानले भनेको कुरा माने।
तर पावलले सैन्य अधिकारी र अन्य सिपाहीहरूलाई भने, “यदि यी मानिसहरू जहाजमा बस्दैनन् भने तपाईंहरू बाँच्नु हुनेछैन!”
तीन पल्ट लट्ठीले कुटाई खाएको छु। एक पल्ट त म ढुङ्गाले हानेर झण्डै मारिएँ। तिन पल्ट म चडेको जहाज डुब्यो र एक पल्ट त रातभरि र भोलि बल्ट पनि समूद्रमा बिताएँ।