Home Bibles प्रेरित 2:37 · नेपाली बाइबल
प्रेरित 2:37 · नेपाली बाइबल

जब मानिसहरूले त्यो सुने तिनीहरू अत्यन्तै दुःखीत भए। तिनीहरूले पत्रुस र अन्य प्रेरितहरूलाई सोधे, “हे भाइहरू हो, हामीले के गर्नु पर्छ?”

Cross references

यशैया 21:12

प्रहरीले जवाफ दिन्छ, “बिहान हुँदैछ तर फेरि रात आउने नै हो। यदि तिमीलाई केही सोध्नु छ भने फर्केर आऊ र सोध।”

इजकिएल 7:16

“तर कति मानिसहरू बाँचेर निस्कने छन्। ती बाँचेका मानिसहरू भागेर पहाडमाथि जानेछन्। तर तिनीहरू सुखी हुने छैनन्। तिनीहरू आफ्नो पापले गर्दा दुखी हुनेछन्। तिनीहरू चिच्याउने छन् अनि ढुकुरले जस्तै दुखले भरिएको आवाज निकाल्नेछन्।

जकरिया 12:10

म दाऊदको घर अनि यरूशलेमका बासिन्दाहरूको हृदयमा अनुग्रह र करूणाको भावना भरिदिनेछु। तिनीहरूले म पट्टि हेर्नेछन्। जसलाई छेंड बनाएकाथिए अनि दुःखी हुनेछन्, जो एउटै मात्र पुत्रको निम्ति बिलाप गर्छ अथवा उसको पहिला जन्मेको पुत्रको मृत्यूको निम्ति विलाप गर्छ। तिनीहरू त्यसै दुःखी मानिसहरू झैं हुनेछन्।

लूका 3:10

मानिसहरूले यूहन्नालाई सोधे, “हामीले के गर्नु पर्ने हो?”

लूका 3:12

कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बप्तिस्मालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?”

लूका 3:14

कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?”यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झुटो नबोल। आफुले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।”

यूहन्ना 8:9

जब येशूले भनेको तिनीहरूले सुने तिनीहरू एक पछि अर्को गर्दै त्यहाँबाट जान थाले। बूढा मानिसहरूले पहिला छाडे र त्यसपछि अरूअरूले छाड्दै गए। येशू एक्लो छाडिनु भयो त्यस आइमाईसंग। त्यस आईमाई उहाँ समक्ष उभिरहेकी थिई।

यूहन्ना 16:8

जब सहायक आउँछन्, उहाँले संसारलाई यी विषयहरूमा प्रमाण दिनु हुनेछः पापको विषय, धार्मिकताको विषय र न्यायको विषयमा।

प्रेरित 1:16

“भाइहरू हो! दाऊदको माध्यम पवित्र आत्माले केही घटनाहरू घटनेछन् भनी धर्मशास्त्रमा भनेका थिए।

प्रेरित 5:33

यहूदी नेताहरू यी कुरा सुनेपछि रिसले चूर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे।

प्रेरित 7:54

जब यहूदी नेताहरूले यी कूरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरूद्ध दाह्रा किट्न थाले।

प्रेरित 9:5

शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?”त्यो आवजले जवाफ दियो, “म येशू हुँ। जसलाई तिमी दुःख दिइरहेझो।

प्रेरित 16:29

जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि उ डरले काम्दै भित्र दौड्यो उ पावल र सिलासको सामु लड्यो।

प्रेरित 22:10

मैले भने, मैले के गर्नु पर्ला प्रभु?’ प्रभुले जवाफ दिनु भयो, ‘उठ अनि दमीशक जाऊ। तिमीले गर्नु पर्ने मैले ठीक गरेको काम त्यहाँ तिमीलाई भनिनेछ।’

प्रेरित 24:25

तर फेलिक्स डराए जब पावलले धार्मिक जीवन, आत्मा संयम र भविष्यमा हुने न्यायको विषयमा भने। फेलिक्सले भने, “अहिले जाऊ। जब मसंग समय हुन्छ म तिमीलाई फेरि बोलाउने छु।”

रोमी 7:9

एक समय म व्यवस्था बिना नै जीवित थिएँ। तर जब आज्ञ आयो, पापले जीवन पायो।

1 कोरिन्थी 14:24

तर मानिलेऊ तिमीहरू सबे अगमवाणी बोल्दैछो अनि कुनै विश्वास नगर्ने मानिस भित्र पस्छ वा कुनै अबूझ मानिस भित्र पस्छ। त्यस मानिसलाई उसको पाप देखाइन्छ, अनि तिमीहरू सबैले बोलेका कुराहरूबाट उ जाँचिन्छ।

हिब्रू 4:12

परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ।

Interlinear

Choose Theme