फसिहीहरूले यो देखेर। तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।”
Cross references
हप्तामा छ दिन आफ्नो काम गर।
“छ दिनसम्म काम गर सातौं दिन विश्रामको दिन हो। यसो गर्दा तिमीहरूका गोरूहरू गधाहरू, कमारा-कमारीहरू अनि विदेशीहरूले पनि विश्राम गर्ने समय पाउँन।
काम गर्नको निम्ति छः दिन पूरा रहन्छ तर सातौं दिन चाँहि परमप्रभुको निम्ति एकदमै विशेष आरामलिने दिन हुनेछ। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ भने त्यस मानिसलाई मृत्यु दण्ड दिइनेछ।
“काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारिनु नै पर्छ।
जब इस्राएलका मानिसहरू मरूभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे।
त्यस्ता कुराहरू हुनेछन जब तिमीहरूले विश्रामकोदिन परमेश्वरको नियमहरू विरूद्ध पाप गर्न बन्द गर्नेछौ। अनि त्यस्तो हुनेछ जब तिमीहरू ती कुरा गर्दैनौ जसले तिमीलाई प्रसन्नता दिन्छ। तिमीहरूले विश्राम दिनलाई आनन्दको दिन गर्नेर्छौ। तिमीहरूले परमप्रभुको विशेष दिनलाई आदर गर्नेछौ। तिमीहरूले त्यस विशेष दिनलाई अरू दिनहरूमा गरेको काम नगरेर सम्मान गर्नेछौ।
उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहूदीहरू येशूलाई दोष लगाउनलाई निहुँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, ‘के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?”
कोही यहूदीहरू त्यहाँ येशूले विश्रामको दिनमा त्यसलाई निको पार्नुहुन्छ, कि भनी उहाँको ध्यान सहित चियो गर्दैथिए, तब तिनीहरूले दोष लाउन चाहाँन्थे।
अर्को एक विश्रामको दिन येशू सभा घरमा जानु भयो। उहाँले मानिसहरूलाई शिक्षा दिनु भयो। एकजना दाहिने हात सुकेको मानिस त्यहाँ थियो।
विश्रामको दिन येशूले सभाघरहरूमा शिक्षा दिनुभयो।
येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई सोध्नुभयो, “विश्रामको दिन कसैलाई निको पार्नु उचित हो वा होइन?”
त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे।
तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो ओछ्यान उठायो र हिंड्न थाल्यो। त्योस्तो घटना भएको दिन विश्रामको दिनथियो।
येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नु भएको थियो। यसैले यहूदीहरूले येशू विरूद्ध नराम्रा कामहरू गर्न थाले।
येशूले तिनीहरूलाई भन्नुभयो, “मैले एउटा चमत्कार गरें र तिमीहरू सबै छक्क पर्यौ।
येशूले धुलोको हिलो बनाएर त्यस मानिसको आँखा निको पारिदिनु भयो। जुन दिन येशूले त्यस्तो काम गर्नुभयो त्यो दिन विश्रामको दिन थियो।