Home Bibles यूहन्ना 5:16 · नेपाली बाइबल
यूहन्ना 5:16 · नेपाली बाइबल

येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नु भएको थियो। यसैले यहूदीहरूले येशू विरूद्ध नराम्रा कामहरू गर्न थाले।

Cross references

मत्ती 12:13

तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, ‘मलाई तिम्रो हात हेर्न देऊ।’ त्यसले येशू भएतिर हात पसार्‌यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो।

मर्कूस 3:6

तब फरिसीहरू बाहिर गए, हेरोदीहरूलाई लिएर येशूलाई कसरी मार्नै भनेर योजना बनाउन शुरू गरे।

लूका 6:11

फरिष्ठ्वसीहरू र शास्त्रीहरू साह्रै रिसाए। तिनीहरू आपसमा र्तक गर्न लागे, “येशूलाई हामीले के गर्नु पर्ने हो?”

यूहन्ना 5:13

तर त्यो मानिसले जसद्वारा आपू निको भएको थियो, उहाँ को हुनुहुन्थ्यो चिनेन। त्यस बेला त्यहाँ धेरै मानिसहरू थिए र येशू सुटुक्क गइसक्नु भएको थियो।

यूहन्ना 7:19

के मोशाले तिमीहरूलाई व्यवस्था प्रदान गर्नु भएन? तर तिमीहरू कसैले ती व्यवस्था पालन गरेनौ। किन तिमीहरू मलाई मार्न चाहन्छौ?”

यूहन्ना 7:25

यरूशलेमका कोही बासिन्दाहरूले भने, “यो त्यही मानिस होइन जसलाई मानिसहरूले मार्ने चेष्टा गरिरहेकाछन्?”

यूहन्ना 10:39

यहूदीहरूले येशूलाई फेरि पक्रने प्रयास गरे। तर येशू तिनहरूबाट उम्कनु भयो।

यूहन्ना 15:20

मैले तिमीहरूलाई भनेका कुराहरू सम्झः एक नौकर उसको मालिक भन्दा श्रेष्ट हुँदैन। यदि मानिसहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनछन् यही मानिसहरूले मेरो शिक्षा पालन गरे भने तिनीहरूले तिमीहरूको आज्ञा पालन गर्नेछन्।

प्रेरित 9:4

शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसंग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?”

Interlinear

Choose Theme