Home Bibles ☰ Books लूका 14:3 · नेपाली बाइबल
लूका 14:3 · नेपाली बाइबल

येशूले फरिसीहरू र व्यवस्थाका शास्त्रीहरूलाई सोध्नुभयो, “विश्रामको दिन कसैलाई निको पार्नु उचित हो वा होइन?”

Cross references

मत्ती 12:2

फसिहीहरूले यो देखेर। तिनीहरूले येशूलाई भने, “हेर्नुहोस्! तपाईंको चेलाहरू विश्रामको दिनमा गर्नु निषेध गरिएका कुरा गर्दैछन्।”

मत्ती 12:10

उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहूदीहरू येशूलाई दोष लगाउनलाई निहुँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, ‘के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?”

मत्ती 22:35

एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशूलाई परीक्षा गर्ने इच्छा गर्यो।

मर्कूस 3:4

अनि येशूले मानिसहरूलाई भन्नुभयो, विश्रामको दिनमा, कुन चाँहि काम गर्न अनुमति दिइन्छः असल गर्न वा खराब

लूका 6:9

येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्दछु विश्रामको दिन के काम गर्न उचित होलाः राम्रो वा नराम्रो? प्राण बँचाउनु वा नाश गर्नु?”

लूका 11:44

धिक्कार छ तिमी फारसीहरूलाई किनकि तिमीहरू कसैबाट पनि याद नहूने चिहानहरू जस्ता छौ। मानसहरू नजानिकन त्यहीमाथि भएर हिडेछन्।

लूका 13:14

विश्रामको दिन यसरी येशूले जाती पारेकोमा सभा घरका प्रमुख येशूसंग रिसाएका थिए। यसकारण उहाँले त्यहाँ उपस्थित मानिसहरूलाई भन्नुभयो, “छ दिन काम गरिन्छ। अनि कुनै दिन निको पार्नको लागी कोही आउन सक्छ। तर विश्राम को दिन निको हुनको निम्ति नआउनु।

यूहन्ना 7:23

यसले के देखाउँछ भने एकजना मानिसले मोशाको व्यवस्था उलङ्घन नहोस् भनी विश्रामको दिनमा खतना लिन सक्छ। तब मैले विश्रामकै दिनमा एकजना मानिसको सम्पूर्ण शरीर निको पार्दा तिमीहरू मसित किन रिसाउँछौ?

Interlinear

Choose Theme