Home Bibles मत्ती 12:3 · नेपाली बाइबल
मत्ती 12:3 · नेपाली बाइबल

उहाँले तिनीहरूलाई भन्नुभयो, ‘दाऊदले, आफै र आफूसँगका मानिसहरू भोकाउँदा के गरेथे, के तिमीहरूले पढेका छैनौ?

Cross references

लेवी 10:20

जब मोशाले यी कुरा सुने, तिनी यो कुरासँग सहमत भए।

1 शमूएल 21:3

दाऊदले अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई विशेष आदेश दिनुभएको छ। उहाँले भन्नु भएको छ, ‘यो यात्राको उद्देश्य कसैले पनि थाहा नपाओस्। कुनै पनि मानिसले थाहा नपाओस्। जो मैले भने।’ मैले आफ्ना मानिसहरूलाई कहाँ भेट्नुपर्ने हो बताइदिएको छु।

मत्ती 12:5

अनि तिमीहरूले मोशाको व्यवस्थामा यो पनि निश्चयनै पढेको हुनुपर्छ कि कसरी प्रत्येक विश्रामको दिनमा पूजारीहरूले मन्दिरमा विश्राम अथवा विश्रामको नियम भङ्ग गर्छन्। तरै पनि पूजाहारीहरूलाई त्यस दोषको निम्ति दोषी ठानिन्दैन।

मत्ती 19:4

येशूले जवाफ दिनुभयो, ‘के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? जब परमेश्वरले संसारको सृष्टि गर्नुभयो, ‘उहाँले नर र नारी बनाउनु भयो।’

मत्ती 21:16

मुख्य पूजाहरीहरू र शास्त्रीहरू येशूलाई सोधे, “बालकहरूले के भनिरहेका छन् तपाईंले सुन्नु भो?”येशूले जवाफ दिनुभयो, “अवश्य। के तिमीहरूले कहिले धर्मशास्त्रहरूमा पढेका छैनौ? ‘उहाँले बालकहरूलाई स्तुति गर्न सिकाउनु भयो?’“

मत्ती 22:31

यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ।

मर्कूस 2:25

येशूले भन्नुभयो, तिमीहरूले कहिल्यै पढेका छैनौ, कि जब दाऊद अनि उनका साथीहरू भोकाएका थिए, अनि खानेकुरा चाहन्थे, त्यस बेला दाऊदले के गरे

मर्कूस 12:10

निश्चय नै तीमीहरूले धर्मशास्त्रमा यी वचनहरू पढेका हौलानिर्मातहरूले अस्वीकार गरेका ढङ्गाहरू नै कुनाको ढुङ्गा बनेको छ।

मर्कूस 12:26

मरेका मानिसहरूको कथा पुस्तकमा तिमीहरूले पढेका छैनौ? परमेश्वरले भन्नु भएको छः ‘म अब्राहामको परमेश्वर हुँ, इसहाकको परमेश्वर र याकूबको परमेश्वर।

लूका 6:3

येशूले उत्तर दिनुभयो, “तिमीहरूले पढेका छैनौ, दाऊदले जब तिनी र तिनीसित हुनेहरू भोकाएका थिए तब क गरेका थिए?

लूका 10:26

येशूले तिनलाई भन्नुभयो, “व्यावस्था के लेखिएको छ? तिमीले त्समा के पढछौ?

Interlinear

Choose Theme