यस्तैप्रकारले तिमीहरूका सबै देशले मेरो चीजहरू चोर्यो। तिमीहरू श्रापमा छौ।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।
Cross references
“तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।
यसकारण इस्राएलका सेनाहरू युद्ध भूमि देखि भागे। तिनीहरूले त्यसो गरे किनभने तिनीहरूले नराम्रो काम गरेका थिए। तिनीहरूलाई नष्ट गरिदिनु पर्छ। जबसम्म मैले आज्ञा दिएका ती चीजहरू तिमीहरूले ध्वंश पार्देनौ म तिमीहरूको सहायताको लागि साथमा रहँदिन।
“जेरहका छोरा आकान नाउँको मानिसलाई सम्झ। उसले ती वस्तुहरूलाई ध्वंश गर्नुपर्छ भन्ने आज्ञालाई पालन गर्न अस्वीकार गरे। त्यो एक मानिसले परमेश्वरको नियम भङ्ग गरे, तर इस्राएलका समस्त मानिसहरूले दण्ड पाए। उसको पापको कारण आकानको मृत्यु भयो साथै अन्य धेरै मानिसहरूको पनि मृत्यु भयो।”
यसकारण म पवित्र शासकहरूलाई अपवित्र बनाउनेछु अनि याकूबलाई गाली गर्नेछु। नराम्रा घटनाहरू इस्राएलमा हुनेछन्।”
तिमीहरूले रोप्न त धेरै रोप्छौ, तर कट्नी चाँहि कम्ती गर्दछौ। तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ। तिमीहरूले मद्यपान पनि गर्छौ तर नशा लाग्दैन्, तिमीहरू लुगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोजीमा छेंड परेकोछ।’”
तब हाग्गैले भने, “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘मेरो सामने यी मानिसहरू प्रति अनि यो राष्ट्र प्रति त्यही नियम छ। तिनीहरूले जे गर्छन अनि आफ्नो हातले जे दिन्छन् त्यो अशुद्ध हो।
यदि तिमीहरूले सुन्दैनौ र मेरोनाउँलाई सम्मान गर्दैनौ भने तिमीहरूलाई खराब हुनेछ। तिमीहरूले आशिर्वाद दिनेछौ तर त्यो श्रापमा परिणत हुनेछ। यदि तिमीहरूले मेरो नाउँमा सम्मान गरेनौभनें म खराब गर्नेछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।