Home Bibles मर्कूस 12:41 · नेपाली बाइबल
मर्कूस 12:41 · नेपाली बाइबल

येशू मन्दिरको ढुकुटी सामु बस्नुभयो जहाँ आएर मानिसहरूले पैसा चढाउने गर्दथे। उहाँले धेरै धनी मानिसहरूले मन्दिरको ढुकुटीमा धेरै पैसा हालेको हेर्नुभयो।

Cross references

2 राजा 12:9

यसकारण पूजाहारी यहोयादाले एउटा सन्दूक ल्याए अनि त्यसको माथि एउटा प्वाल बनाए। त्यसपछि यहोयादाले सन्दूकलाई वेदीको दक्षिणतिर राखे। यो सन्दूक ढोकाको छेऊमा थियो जहाँबाट मानिसहरूले परमप्रभुको मन्दिरमा आउने गर्द थिए। केही पूजाहारीहरूले मन्दिरको द्वारपथको पाले काम गर्दथे। ती पूजाहारीहरूले धन लिने गर्दथे जो मानिसहरू परमप्रभुलाई चढाउने गर्दथे अनि तिनीहरू त्यो धन सन्दूकमा राख्ने गर्दथे।

मत्ती 27:6

मुख्य पूजाहारीले सिक्काहरू बटुले। तिनीहरूले भने, “कानून अनुसार यस्तो पैसाहरू मन्दिरको पैसासँग निसाउनु हुँदैन, किनभने यो पैसा कसैको मृत्युको लागि दिइएको हो।”

लूका 21:1

येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेटीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो।

यूहन्ना 8:20

येशूले यी कुराहरू मन्दिरमा सिकाई रहनु भएको बेलामा भन्नुभयो। उहाँ त्यस ठाउँको छेऊमा हुनुहुन्थ्यो जहाँ सबै जना मानिसहरू भेटी चढाउन आउँथे। तर कुनै मानिसले पनि उहाँलाई पक्वेनन्। यशूको ठीक समय अझ आइपुगेको थिएन।येशूको विषयमा यहूदीहरूले भुझेनन्

Interlinear

Choose Theme