Home Bibles ☰ Books लूका 7:22 · नेपाली बाइबल
लूका 7:22 · नेपाली बाइबल

अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँडन थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।

Cross references

अय्यूब 29:15

म अन्धा मानिसहरूको लागि आँखा थिएँ, तिनीहरू जहाँ जान रूचाउथें म त्यतै डोराउँथें। म लङ्गडो मानिसहरूका लागि खुट्टा थिएँ, तिनीहरू जहाँ चाहन्छन् त्यतै बोकेर लान्थें।

भजनसंग्रह 146:8

परमप्रभुले अंन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो। परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो संकटमा परेका छन्। परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।

यशैया 29:18

बहिराले पुस्तकको शब्दहरू सुन्नेछ। अन्धाले अन्धकारमय कुहिरोबाट देख्नेछ।

यशैया 32:3

मानिसहरू राजासँग सहायता माग्नलाई त्यतातिर जान्छन् अनि मानिसहरूले साँच्चै नै उहाँका कुरा सुन्नेछन्।

यशैया 35:5

तब अन्धा मानिसहरूले फेरि पनि देख्न सक्नेछन्। तिनीहरूका आखाँहरू खोलिने छन्। तब बहिराले पनि सुन्न सक्ने छन्। तिनीहरूका कानहरू खोलिने छ।

यशैया 42:6

“म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ।

यशैया 42:16

तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा म अन्धा मानिसहरूलाई डोराउनेछु। म अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु जहाँ तिनीहरू पहिला थिएनन्। म तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु अनि म खस्रो भूमिलाई चिल्लो पारिदिनेछु। मैले वचन दिएका ती कुराहरू म गर्नेछु अनि म आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।

यशैया 43:8

परमेश्वर भन्नुहुन्छ, “जसका आँखाहरू छन् तर तिनीहरू अन्धा छन् भने, ती मानिसहरू मकहाँ ल्याऊ। ती मानिसहरू मकहाँ ल्याऊ जसका कानहरू छन् तर बहिरा छन्।

यशैया 61:1

“परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो।

यर्मिया 31:8

हेर, म तिनीहरूलाई उत्तरबाट र टाढो-टोढो देशहरूबाट ल्याउनेछु अनि भेला पार्नेछु। तिनीहरू मध्ये कतिपय मानिसहरू अन्धा र लङ्गडाहरू छन्। कतिपय स्त्रीहरू गर्भवती छन् अनि तिनीहरू मध्ये कति जना प्रसव पीडामा छन्। तर धेरै धेरै मानिसहरू फर्की आउनेछन्।

सपन्याह 3:12

म शान्त अनि नम्र मानिसहरूलाई यरूशलेममा बस्न दिनेछु, अनि तिनीहरूले परमप्रभुको नाउँमा भरोसा राख्नेछन्।

मत्ती 9:28

जब येशू घर भित्र पस्नुभयो, ती अन्धा मानिसहरू उहाँकहाँ आए। उहाँले ती अन्धाहरूलाई भन्नुभयो। “के म तिमीहरूलाई फेरि देख्न सक्ने बनाउँछु भनेर तिमीहरूलाई विश्वास लाग्छ?” अन्धा मानिसहरूले जवाफ दिए, “ज्यू, प्रभु, हामीलाई विश्वास लाग्छ।”

मत्ती 15:30

धेरै, मानिसहरू येशूकहाँ आए। ती मानिसहरूले थुप्रै रोगीहरूलाई लिएर आए अनि येशूको अघि राखिदिए। लङ्गडा, अन्धा,गुंगा अनि बहिरा भीडद्वारा ल्याइएका थिए। येशूले यी सबैलाई निको पारिदिनु भयो।

Interlinear

Choose Theme