यूहन्ना 1:46 · नेपाली बाइबल
तर नथानेलले फिलिपलाई सोधे, “के नासरतबाट केही असल कुरो आउन सक्छ?”फिलिपले उत्तर दिए, “आएर अनि हेर।”
Cross references
लूका 4:28
सबै मानिसहरू जो सभा घरमा थिए यो कुराहरू सुने अनि साह्रै रिसाए।
लूका 12:57
“के चाँहि सही हो भन्ने तिमीहरू माझ किन निर्णय लिन सक्तैनौ? तब तिमीहरू किन बुझ्न सक्तैनौ अहिले के भइरहेको छ?
यूहन्ना 4:29
“एकजना मानिसले मैले गरेको सबै कुरा बताइदिनुभयो। आऊ उहाँलाई हेर। के उहाँ ख्रीष्ट हुनु सक्छ?”
यूहन्ना 7:41
अन्य मानिसहरूले भने, “उनी ख्रीष्ट हुन्।”अन्यहरूले भने, “उनी ख्रीष्ट गालीलबाट आएको होइन।
यूहन्ना 7:52
यहूदी अगुवाहरूले उत्तर दिए, “तिमी पनि गालीलबाटै आएको हौ? धर्मशास्त्र अध्ययन गर अनि तिमीले जान्नेछौ कि कुनै पनि आगमवक्ता गालीलबाट आउँदैन्।”(यूहन्नाको यी पदहरू 7:53-8:11 सम्म सबैभन्दा पुरानो र असल यूनानी लिपीहरूमा पाइदैंन।)
1 थिस्सलोनिकी 5:21
हरेक कुरालाई जाँच र असल जति राख।