Home Bibles ☰ Books यूहन्ना 9:30 · नेपाली बाइबल
यूहन्ना 9:30 · नेपाली बाइबल

त्यस मानिसले उत्तर दियो, “यो कस्तो अचम्भको कुरा हो। येशू कहाँबाट आउनु भयो, तपाँईहरू जान्नु हुन्न। तर उहाँले मेरो आँखालाई निको पारी दिनु भयो।

Cross references

भजनसंग्रह 119:18

हे परमप्रभु, मेरो आँखाहरू उघारी दिनुहोस् ताकि तपाईंका शिक्षाहरू हेर्न सकुँ अनि तपाईंका चमत्कारी कार्यहरू अध्ययन गर्न सकुँ।

यशैया 29:14

यसैले म तिनीहरूलाई लगातार प्रभाव पूर्ण र अचम्म लाग्दा कामहरू गरेर चकित पारिरहन्छु। तिनीहरूका ज्ञानी मानिसहरूले आफ्ना विवेकहरू हराउनेछन्। तिनीहरूमा बुझ्ने क्षमता हुँदैन।”

यशैया 29:18

बहिराले पुस्तकको शब्दहरू सुन्नेछ। अन्धाले अन्धकारमय कुहिरोबाट देख्नेछ।

यशैया 35:5

तब अन्धा मानिसहरूले फेरि पनि देख्न सक्नेछन्। तिनीहरूका आखाँहरू खोलिने छन्। तब बहिराले पनि सुन्न सक्ने छन्। तिनीहरूका कानहरू खोलिने छ।

मत्ती 11:5

अन्धाहरूले फेरि दृष्टि पाउँछन्; लङ्गडाहरू हिडन सक्ने हुन्छन्; कुष्ट रोगीहरू शुद्ध हुन्छ; बैह्राहरू सुन्नसक्ने हुन्छन् मरेकाहरू जागा उठ्छन् अनि गरीब मानिसहरूलाई सुसमाचाहरू सुनाइदैछ।

मर्कूस 6:6

ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानूभयो र शिक्षा दिन लाग्नुभयो।

लूका 7:22

अनि उहाँले यूहन्नाका चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले यहाँ जे कुराहरू देख्यौ अनि सुन्यौ गएर यहून्नालाई भन। अन्धो मानिस पनि निको भयो र देख्ने भयो। लङ्गडाहरू हिँडन थाले। कोढीहरू कोढरहित भए। बहिराहरूले सुन्न थाले। मरेकाहरूले जीवन पाए। अनि गरीब मानिसहरू परमेश्वरको राज्यको सुसमाचारहरू सुनिरहेकाछन्।

यूहन्ना 3:10

येशूले भन्नुभयो, “तिमी इस्राएलको एक शिकक्ष हौ। तर अझसम्म यी कुराहरू बुझदैनौ?

यूहन्ना 12:37

यशूले यी धेरै चमत्कारहरू गर्नुभयो। ती मानिसहरूले त्यस्तो दोखिसके पश्चात् पनि उहाँमाथि विश्वास गरेनन्।

2 कोरिन्थी 4:6

परमेश्वरले एक पल्ट भन्नु भएको थियो, “अन्धकारबाट ज्योति चम्कने छ!” अनि उहाँ तिनै परमेश्वर हुनुहुन्छ जसले हाम्रो हृदयमा आफ्नो ज्योति प्रकाशित हुन दिनुभयो। ख्रीष्टको अनुहारमा परमेश्वरको महिमा झल्काएर उहाँले हामीलाई प्रकाश दिनु भयो।

Interlinear

Choose Theme