Home Bibles मत्ती 9:28 · नेपाली बाइबल
मत्ती 9:28 · नेपाली बाइबल

जब येशू घर भित्र पस्नुभयो, ती अन्धा मानिसहरू उहाँकहाँ आए। उहाँले ती अन्धाहरूलाई भन्नुभयो। “के म तिमीहरूलाई फेरि देख्न सक्ने बनाउँछु भनेर तिमीहरूलाई विश्वास लाग्छ?” अन्धा मानिसहरूले जवाफ दिए, “ज्यू, प्रभु, हामीलाई विश्वास लाग्छ।”

Cross references

1 राजा 17:16

पीठोको भाँडो अनि तेलको ढुंग्रो कहिले रित्तो भएन। यो यस्तो भयो जस्तो परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले एलिया मार्फत बोल्नु भएको थियो।

मत्ती 8:2

त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।”

मत्ती 8:14

येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कडा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो।

मत्ती 9:22

येशू पछिल्तिर र्फकिनु भयो र तिनलाई देखेर भन्नुभयो, “हे प्यारी छोरी खुशी होऊ। तिम्रो विश्वासले तिमी निको भएकि छौ।’ त्यतिनै बेला तिनी ठीक भइन्।

मत्ती 13:36

त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, ‘कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।’

मत्ती 13:58

त्यस ठाउँका मानिसहरूले येशूलाई विश्वास नगरेका हुनाले उहाँले त्यहाँ त्यति धेरै आश्चर्यकर्महरू देखाउनु भएन।

मर्कूस 9:23

येशूले ठिटोको बाबूलाई भन्नुभयो, “तिमीले भन्यौ, ‘यदि तपाईंले सक्नुहुन्छ भने?’ यदि कसैले विश्वास गर्यो भने हरेककुरा सम्भव हुन्छ।”

यूहन्ना 4:48

येशूले उनलाई भन्नुभयो, “तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।”

यूहन्ना 11:26

अनि जुन मानिस ममा बाँच्छ अनि ममा विश्वास गर्छ उ वास्तवमा कहिल्यै मर्ने छैन। मार्था, तिमी यसमा विश्वास गर्छ्यौ?”

यूहन्ना 11:40

तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?”

Interlinear

Choose Theme