जब उहाँ त्यो ठाउँमा पुग्नु भयो, उहाँले चेलाहरूलाई भन्नुभयो, “प्रार्थना गर कि प्रलोभनको सामना गर्न नपरोस्।”
Cross references
याबेशले इस्राएलका परमेश्वरलाई प्रार्थना गरे र भने, “म चाहन्छु कि तपाईंले मलाई साँच्चै आशीर्वाद दिनुहुनेछ। म चाहन्छु तपाईंले मलाई अधिक भूमि दिनुहुनेछ। मेरो नजिक रहनु होस् अनि मलाई चोट पुर्याउन कसैलाई पनि नदिनुहोस। तब मलाई कुनै पीडा हुने छैन।” अनि परमेश्वरले याबेशलाई त्यही दिनु भयो जो तिनले मागेका थिए।
मैले तपाईंको पथ अनुशरण गरेकोछु। मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।
मैले चाहेका पापहरू गर्न नलगाउनु होस्। ती पापले ममाथि राज नगरोस्। यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु। म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्।
हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस् मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्।
मलाई झूटो नबोल्न सहायता गर्नुहोस् अनि साह्रै धनि अथवा साह्रै गरीब नपार्नु होस केवल मलाई ती चीजहरू दिनु होस जो प्रत्येक दिन खाँचो पर्छ।
हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर हामीलाई दुष्टबाट बँचाउनु होस्।
त्यसपछि येशू आफ्ना चेलाहरूसाथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ बस, म चाहिं त्यहाँ गएर प्रार्थना गर्छु।”
येशू अनि उहाँका चेलाहरू गेतसमनी नाऊँ भएको एउटा ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरून्जेल यहाँ बस।”
हामीले गरेका पापहरू क्षमा दिनुहोस्, जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं। अनि हामीलाई कठिन परीक्षा ल्याउनुहोस्।”‘लगातार प्रश्न
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन सुतिरहेकाछौ? झट्ट उठ र प्रार्थना गर ताकि तिमीहरूले प्रलोभनको सामना गर्न नपरोस्।”येशू पक्राउ पर्नुभयो(मत्ती
मैले देखेका आश्चर्यजनक कुराहरूलाई लिएर म र्गवित हुँदिन। मलाई एउटा दुःखको समस्या दिएको थियो। त्यो समस्या शैतानबाट आउने एउटा दूत हो त्यो मलाई पिट्न र घमण्ड गर्नु बाट रोक्न पठाइएको थियो।
सँधै पवित्र आत्मामा प्रार्थना गर। सब किसिमका प्रार्थनाहरू सहित प्रार्थना गर अनि आफुलाई चाहिएको हर थोक माग। यसो गर्नु तिमी सदा तयार बस। प्रार्थना गर्नु कहिल्यै नछौड। सँधै परमेश्वरका सबै मानिसहरूका लागि प्रार्थना गर।