हामीले गरेका पापहरू क्षमा दिनुहोस्, जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं। अनि हामीलाई कठिन परीक्षा ल्याउनुहोस्।”‘लगातार प्रश्न
Cross references
उहाँ एकजना स्वर्गदूत हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो। अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ। मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्। तिनीहरू बढुन अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।”
कृपया उनीहरूलाई स्वर्गबाट सुनि दिनुहोस्। तपाईंको मानिसहरूको पापलाई क्षमा गरि दिनुहोस् अनि तिनीहरूलाई आफ्नो धर्ती फेरि प्राप्त गर्न दिनुहोस्। तपाईंले यो धर्ती उनका पुर्खाहरूलाई दिनु भएको थियो।
यसर्थ कृपया स्वर्गमा नै तिनीहरूको प्रार्थना सुनि दिनुहोस्। तब हाम्रो पाप क्षमा गर्नुहोस्। मानिसहरूलाई सही बाटोमा हिँड्ने ज्ञान दिनुहोस्। तब, हे परमप्रभु तिनीहरूलाई दिएको धर्तीमा पानी पार्नुहोस्।
हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु। तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्।
हे परमप्रभु, मेरा परीक्षाहरू र संकटहरूमा दृष्टि राख्नुहोस् र मैले गरेका सबै पापहरू क्षमा गर्नुहोस्।
त्यो मानिस खुशी हुन्छ जसका पापहरू क्षमा गरिएका छन्। त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।
हे परमेश्वर, मतर्फ कृपालु हुनुहोस्, किनभने तपाईंको दायालु कृपादृष्टिले, तपाईंको महान् अनुग्रहले मेरा सारा पापहरू मेटाई दिनुहोस्।
परमप्रभुले प्रत्येक संकटबाट तिम्रो रक्षा गर्नुहुन्छ। परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ।
परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने, कुनै मानिस पनि जिउँदो हुने थिएन।
“म, उही हुँ, जसले तिमीहरूका सारा पापहरू धोई पखाली दिएँ। मैले यी सबै स्वयंलाई खुशी पार्नलाई गर्दछु। म तिमीहरूका पापहरू सम्झने छैन्।
हे परमप्रभु! सुन्नुहोस्, मेरा परमेश्वर हाम्रो पाप क्षमा गर्नुहोस्, मेरो परमेश्वर हाम्रो प्रार्थना सुनेर त्यस अनुसार गरिदिनु होस। किनभने यो तपाईं आफ्नो भलाईको निम्ति गर्नुहोस, ढिलो नगर्नुहोस, तपाईंको शहर र तपाईंको नानिस तपाईंकै नाउँले कहलाइएकोछन्।”
जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोंच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन,“हाम्रा सबै पापहरू टाढा गरेर जे कुरा राम्रो छ त्यसलाई ग्रहण गर जुन हामीले भनिरहेकाछौ। हामी हाम्रो मुखले तपाईंको स्तुति गाउँछौ।”
हाम्रा अपराधहरू क्षमा गरिदिनुहोस्। जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं।
त्यसपछि येशूले भन्नुभयो, ‘हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रशंसा गर्दछु किनकि तपाईंले यी कुराहरू बुद्धिमान र समझदार मानिसहरूबाट लुकाउनुभयो। तर तपाईंले यी तिनीहरूप्रति प्रकट गरिदिनु भयो जो स-साना बालकहरू झैं छन्।