येशूले शहर (यरूशलेम) छोडनु भयो अनि सधैं झैं जैतून पहाडतिर जानुभयो। उहाँका चेलाहरू पनि उहांसंगै गए।
Cross references
येशू र उहाँका चेलाहर यरूशलेम नजिक आईपुग्न लागेका थिए। तर तिनीहरू पहिले ‘जैतुन-डाँडा’ को बेथफागेमा रोकिए। येशूले आफ्ना दुई जना चेलाहरूलाई त्यहाँको एउटा नगरमा पठाउनु भयो।
तिनीहरू सबैले एउटा भजन गाए। त्यसपछि उनीहरू ‘जैतून डाडामा’ गाए।
त्यसपछि येशू आफ्ना चेलाहरूसाथ गेत्समनी भन्ने ठाउँमा जानुभयो। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ बस, म चाहिं त्यहाँ गएर प्रार्थना गर्छु।”
येशू यरूशलेममा जानूभयो अनि मन्दिरभित्र पस्नुभयो। मन्दिरको वरिपरि उहाँले हेर्नु भयो। तर अबेर भइसकेको थियो। यसकारण उहाँ आफ्ना बाह्रजना प्रेरितहरूलाई लिएर बेथानि पुग्नुभयो।
त्यसै रात, येशू अनि उहाँका चेलाहरूले शहर छोडनुभयो।
त्यसपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। उहाँ पत्रुस, याकूब यूहन्ना र अन्द्रियास संग अलग्ग हुनुहुन्थ्यो। तिनीहरू सबैले मन्दिर देख्न सके। तिनीहरूले येशूलाई सोधे,
तब तिनीहरूले भजन गाए अनि उहाँहरू निस्केर जैतून डाँडातिर जानुभयो।
येशू अनि उहाँका चेलाहरू गेतसमनी नाऊँ भएको एउटा ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरून्जेल यहाँ बस।”
येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतुन भन्ने पाहाडमा बिताउनु भयो।
जब येशूले प्रार्थना सिध्याउनु भयो, उहाँले आफ्ना चेलाहरू लिएर जानुभयो। तिनीहरू किद्रोन खोल्सा पारि ऊ बेंसी गए। अर्कोपट्टि त्यहाँ जैतुन रूखहरूको बगैंचा थियो। येशू र उहाँका चेलाहरू त्यहाँ गए।