हे परमप्रभु, तपाईंले कसम खाए झैं मलाई डोर्याउनु होस् मतर्फ कुनै प्रकारको दुर्घटना घट्न नदिनुहोस्।
Cross references
परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ, ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ, तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्। तिनीहरूका शक्ति विजय प्राप्त गर्न सहायक सिद्ध हुनेछैन।
मैले तपाईंको पथ अनुशरण गरेकोछु। मेरो पाइलाहरूले तपाईंले बताउनु भएको बाँच्ने तरिका कहिल्यै छोडेका छैनन्।
मैले चाहेका पापहरू गर्न नलगाउनु होस्। ती पापले ममाथि राज नगरोस्। यदि तपाईंले मलाई सहयोग गर्नुभयो भने म आफ्ना पापहरूबाट मुक्त हुन्छु।
परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु। म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।
परमप्रभुले मेरो ओठमा नयाँ गीत दिनु भयो, “परमेश्वरको लागि स्तुति-गान गर।” धेरै मानिसहरूले ममाथि के हुन लागिरहेछ भनेर हेर्नेछन्, अनि तिनीहरूले परमेश्वरको उपासना गर्नेछन्। तिनीहरूले परमप्रभुमा भरोसा गर्नेछन्।
हे परमप्रभु, तपाईंले वचन दिए जस्तै मलाई सघाउनु होस्, अनि म बाँच्ने छु। म तपाईंमा भरोसा राख्छु यसर्थ मलाई असन्तुष्ट नपार्नु होस्।
परमेश्वरले पतनहुन दिनु हुनेछैन, तिम्रो संरक्षक निदाई जाने होइन।
यसकारण पापलाई तिमीहरूको पार्थिव जीवन नियंत्रण गर्न नदेऊ। तिम्रा पापपूर्ण स्वभावलाई तिमीमा राज गर्न दिनु हुदैन जसले तिमीलाई उसको इच्छा अनुसार कर्म गर्न लगाउँछ।
तर म मेरो शरीरमा अर्कै व्यवस्थाले काम गरिरहेको पाउँछु। त्यो विधान मभित्रको विधानसित झगडा गरिरहेछ। त्यो अर्को विधान पापको विधान हो अनि त्यसले मलाई कैदी बनाउँछ।