Home Bibles लूका 22:35 · नेपाली बाइबल
लूका 22:35 · नेपाली बाइबल

तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?”प्रेरितहरूले भने, “भएन।”

Cross references

उत्पत्ति 48:15

अनि इस्राएलले यूसुफलाई आशीर्वाद दिंदै यसो भने, “मेरो पिता-पुर्खाहरू अब्राहाम र इसहाकले हाम्रा परमेश्वरलाई आराधना गरे, अनि परमेश्वरले नै मेरो जीवन भरि डोर्याउँनु भयो।

व्यवस्था 8:2

अनि तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको नेतृत्वमा मरूभूमिमा चालीस वर्षसम्म गरेको यात्राको सम्झना गर्नुपर्छ। यो तिमीहरूको परमप्रभुले परीक्षा लिनु भएको थियो कारण उहाँले तिमीहरूलाई विनम्र बनाउन चाहनु हुन्थ्यो। उहाँले तिमीहरूको हृदयका सब कुरा जान्न चाहनु हुन्थ्यो। तिमीहरू उहाँको आज्ञा पालन गर्छौ कि गर्दैनौ जान्न चाहनु हुन्थ्यो।

व्यवस्था 8:16

मरूभूमिमा परमप्रभुले तिमीहरूलाई मन्न खुवाउनु भयो, त्यो यस्तो चीज हो जुन तिमीहरूका पिता-पुर्खाहरूले पनि देखेका थिएनन् परमप्रभुले तिमीहरूको परीक्षा लिनु भयो। किन? किनभने अन्तमा गएर तिमीहरूको निम्ति प्रत्येक चीज नै असल होस् भनी परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो।

1 राजा 11:22

तर फिरऊनले भने, “मैंले तिमीलाई चाहिएको प्रत्येक वस्तु यहाँ दिएको छु! तिमी किन तिम्रो देशमा फर्किन चाहन्छौ?” हददले उत्तर दिए, “कृपा गरेर मलाई घर फर्किन दिनुस्।”

भजनसंग्रह 23:1

परमप्रभु मेरो गोठाला हुनुहुन्छ। मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु।

भजनसंग्रह 34:9

परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर। उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।

भजनसंग्रह 37:3

यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं।

मत्ती 6:31

यसर्थ फिक्री गर्दै यसो नभन, ‘हामी के खाऔंला? वा हामी ‘के लगाउँला?

मत्ती 10:9

तिमी आफ्ना साथमा पैसा सुन, चाँदी र तामा नलैजाऊ।

मर्कूस 6:8

येशूले चेलाहरूलाई भन्नुभयोः “यात्रामा जाँदा तिमीहरूले साथमा एउटा लौरो बाहेक केही नबोक्नु। रोटी नबोक, थैली नबोक अनि पटुकामा पैसाहरू पनि नबोक।

लूका 9:3

उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिंडदछौ, साथमा लौरो, खानेकुरा, झोला र पैसा रूपियाँ केही नलैजाऊ।

लूका 10:4

पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंडदा मानिसहरूसंग बोल्न नछाड।

लूका 12:29

त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर।

2 कोरिन्थी 8:15

धर्मशास्त्रमा यस्तै लेखिएको छः“जसले धेरै बटुल्यो उसको धेरै रहेन, जसले थोरै बटुल्यो उसकोमा अलिकति मात्र रहेन।” प्रस्थान 16:18

Interlinear

Choose Theme