मरूभूमिमा परमप्रभुले तिमीहरूलाई मन्न खुवाउनु भयो, त्यो यस्तो चीज हो जुन तिमीहरूका पिता-पुर्खाहरूले पनि देखेका थिएनन् परमप्रभुले तिमीहरूको परीक्षा लिनु भयो। किन? किनभने अन्तमा गएर तिमीहरूको निम्ति प्रत्येक चीज नै असल होस् भनी परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो।
Cross references
मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो।त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो।
इस्राएलीहरूले यी सबै देखेर एक अर्कामा सोधे, “यो के हो?”तिनीहरूले सोधे किनभने तिनीहरूलाई थाहा थिएन यो के थियो। तब मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई दिनु भएको भोजन हो!
तब मोशाले मानिसहरूलाई भने, “नडराऊ, परमेश्वर तिमीहरूलाई जाँच्न आउनु भएकोछ। उहाँ चाहनु हुन्छ तिमीहरूले उहाँको डर मान्नु पर्छ। जसले गर्दा तिमीहरूले पाप गर्ने छैनौं।”
परमप्रभुले तिमीहरूलाई विनम्र बनाउनु भयो अनि तिमीहरूलाई भोक लाग्न दिनु भयो। तब परमप्रभुले मन्न केही यस्तो चीज जो तिमीहरूले पहिले कहिल्यै जानेका थिएनौ खुवाउनु भयो। यो तिमीहरूका पिता-पुर्खाहरूले नै कुनै दिन देखेका थिएनन्। परमप्रभुले किन यसो गर्नु भयो? किनभने उहाँ तिमीहरूलाई बताउन खोज्नु हुन्थ्यो मानिसहरू भोजनले मात्र बाँच्दैन, मानिसहरू परमप्रभुले बताएको कुराहरूमाथि पनि आधारित हुन्छन्।
परमप्रभुले अय्यूबसँग शुरूमा भएको भन्दा बढी सम्पन्न हुने आशिर्वाद दिनुभयो। अय्यूबले 14,000 भेडा 6,000 ऊँटहरू, 2,000 गाईहरू अनि 1,000 पोथी गधाहरू पाए।
सुन अनि चादीलाई तिनीहरू कति शुद्ध छन् भनी हेर्न आगोमा पगालीन्छ, अनि मनुष्यको हृदय परमप्रभुद्वारा जाचिन्छ।
“परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ, यहूदाका मानिसहरूलाई आफ्ना देशबाट कैदी झैं लगियो। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बाबेलमा लगे। तिनीहरू असल नेभाराहरू जस्ता छन।
ती मानिसहरूको लागि राम्रो हो। परमप्रभुले चुपचाप रक्षागर्न प्रतिक्षा गर्नु हुन्छ!
हामी जान्दछौं कि परमेश्वरले प्रत्येक कुरामा तिनीहरूको भलाईको लागि गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्दछ। ती मानिसहरू हुन् जसलाई परमेश्वरले बोलाउनु भयो किनभने त्यो उहाँकै योजना थियो।
यस घरी केही समयको निम्ति साना साना समस्याहरू सामान गर्दैछौं। तर ती समस्याहरूबाट हामीले अनन्त महिमा पाउने सहायता पाइरेहकाछौं त्यो अनन्त महिमा समस्याहरू भन्दा धेरै महान छ।
हाम्रा संसारिक पिताहरूले हामीहरूलाई उनीहरूले उचित सम्झेको अनुशासनको निम्ति केही समयको लागि सजाय दिए। तर उहाँ जस्तै पवित्र हुनलाई हाम्रा आत्मिक पिताले हामीलाई अनुशासित गराउँनु हुन्छ।
त्यो मानिस धन्य हो जो आपत-विपतमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ।
यी दुख-कष्टहरु किन हुन्छन्? तिमीहरुको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरुमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।